प्रधानमन्त्री ओलीद्वारा गौतम बुद्ध विमानस्थलको अनुगमन

तु खबर संवाददाता
२०७५ चैत्र ८, शुक्रबार १६:५०
file-photo

बुटवल ८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।

रुपन्देहीका बिभिन्न कार्यक्रममा सहभागी हुन गएका ओलीले शुक्रबार निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका हुन् । विमानस्थलको अनुगमन गर्दै प्रधानमन्त्री ओलीले भोलिका दिनमा यस विमानस्थल अन्तर्राष्ट्रिय उडानले खचाखच भरिने दावी गरे । यसका लागि विभिन्न एयरलाइन्ससँग धमाधम सम्झौता भइरहेको पनि उनले जानकारी गराए ।

ओलीले अहिले भएको टर्मिनल भवन र पार्किङ लट सानो भएको हुँदा यसलाई बढाउन निर्देशन दिए । उनले विमानस्थल निर्माणको ६८ प्रतिशत काम सकिएको र भदौबाट अन्तर्राष्ट्रिय परीक्षण उडान हुनेसमेत बताए ।