राजनीति/ समाज

साइबर सुरक्षा र अपराध नियन्त्रण गर्न सूचना प्रविधि विधेयक ल्याएको : प्रविधिमन्त्री बास्कोटा

काठमाडौं ३ चैत्र । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सूचना प्रविधिको विकास र प्रवद्र्धनलाई व्यवस्थित र मर्यादित बनाउँदै साइबर सुरक्षा र अपराध नियन्त्रण गर्न सरकारले सूचना प्रविधि विधेयक ल्याएको बताएका छन् । विधेयकका विषयमा आइतबार संसदीय मामिला पत्रकार समाज र प्रविधि पत्रकार मञ्चले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रियामा...

सरकारबाट हट्ने सोच छैन– उपप्रम यादव

विराटनगर, ३ चैत्र । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारबाट तत्काल बाहिरिने सम्भावना नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीले वर्तमान सरकार छाड्ने सम्बन्धमा कुनै सोच नबनाएकाले आफ्नो पार्टी सरकारमै बसेर काम गर्नेछ भन्नुभयो । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री...

सभापति देउवाले विवाद मिलाउन बैठक बोलाए

काठमाडौं ३ चैत्र । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय पार्टीमा देखिएको विवादमा सहमति जुटाउने प्रयासस्वरुप बूढानीलकण्ठस्थित निवासमा बैठक बोलाएका छन् । सोमबार बस्ने केन्द्रीय कार्य समितिलाई मध्यनजर गर्दै देउवाले पदाधिकारी, पूर्व पदाधिकारी तथा शीर्ष नेताहरुको अनौपचारिक बैठक बोलाएका हुन । देउवाका सकीय सचिव भानु देउवाले बैठकमा पार्टीको...

नेकपा अध्यक्ष प्रचण्ड आज अमेरिका जाँदै

काठमाडौं ३ चैत्र । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अमेरिका जाने भएका छन् । पत्नी सीता दाहालको उपचारका लागि उनी आइतबार साँझ अमेरिका जान लागेका हुन् । उनीहरु साँझ ५ः०० बजे अमेरिका प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जनाएको छ । दुई महिनाअघि पनि प्रचण्ड सीतालाई लगेर अमेरिका जाने तयारीमा थिए...

सिके राउतले भोलि बोलाए गठबन्धनको बैठक

काठमाडौं २ चैत्र । सरकारसँग ११ बुँदे सम्झौता गरेका स्वतन्त्र मधेश गठबन्धले आइतबार राष्ट्रिय परिषद्को बैठक बोलाएको छ । सरकारसँग भएको ११ बुँदे सम्झौता र अगामी रणनीतिको बारेमा छलफल गर्नका लागि राष्ट्रिय परिषद्को बैठक बोलाइएको हो । परिषद्को बैठक सकिएपछि विस्तारित बैठक हुने त्यसपछि गठबन्धनका संयोजक मधेश दौडामा निस्किने...

प्रधानमन्त्री ओलीद्वारा समवेदना

काठमाडौं, २ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डको क्राइष्टचर्चस्थित मस्जिदमा भएको गोलीकाण्डमा निर्दाेष व्यक्ति मारिएकामा त्यहाँका प्रधानमन्त्री ज्याकिण्डा अर्डेनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । न्यूजिल्याण्डका प्रधानमन्त्री अर्डेनलाई आज एक समवेदना सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले आततायी आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गर्नुभएको छ । निर्दाेष मानिसको अन्धाधुन्ध हत्या...

विप्लवलाई हत्याहिंसा छोडेर वार्तामा आउन सभापति देउवाको आग्रह

पाल्पा २ चैत । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन् । प्रेस युनियन पाल्पा शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले प्रेस माथिको अंकुश लगाउने कार्य सहन नसकिने बताए । उनले प्रकाशन र अभिव्यक्ति स्वतन्त्रतमाथि राज्यले दमन गर्न...

वडाअध्यक्ष बानियाँद्वारा आश्रमलाई लुगा धुने मेसिन सहयोग

मकवानपुर २ चैत्र ।  हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष राजेश बानियाँले बृद्धाश्रमलाई लुगा धुने मेसिन सहयोग गरेका छन् । हेटौंडा–२, चौकीटोलमा रहेको ओम बृद्धाश्रमलाई बानियाँले करिब ५० हजार रुपियाँ बराबरको लुगाधुने मेसिन सहयोग गरेका हुन् । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनमा हेटौंडामा सम्पन्न राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको...

निरन्तर बजार अनुमगन गर्न कर्मचारीहरुलाई निर्देशन

काठमाडौं, १ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निरन्तर बजार अनुमगन गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा शुक्रबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोजना गरेको कार्यक्रममा उनले चार्डबार्ड र केही भनसुनका आधारमा मात्रै बजार अनुगमन नगरी सबै महीना निरन्तर रुपमा बजार...

राष्ट्रियसभाको बैठकले चार विधेयक स्वीकृत

काठमाडौं, ३० फागुन । राष्ट्रियसभाको आजको बैठकले चार विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । ती विधेयकमा ‘विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘भू–उपयोग विधेयक २०७५’ छन् । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक, २०७५ र भूमि व्यवस्था,...