सिके राउतले भोलि बोलाए गठबन्धनको बैठक

तु खबर संवाददाता
२०७५ चैत्र २, शनिबार १४:४९
file-photo

काठमाडौं २ चैत्र । सरकारसँग ११ बुँदे सम्झौता गरेका स्वतन्त्र मधेश गठबन्धले आइतबार राष्ट्रिय परिषद्को बैठक बोलाएको छ ।

सरकारसँग भएको ११ बुँदे सम्झौता र अगामी रणनीतिको बारेमा छलफल गर्नका लागि राष्ट्रिय परिषद्को बैठक बोलाइएको हो । परिषद्को बैठक सकिएपछि विस्तारित बैठक हुने त्यसपछि गठबन्धनका संयोजक मधेश दौडामा निस्किने बताइएको छ ।

परिषद्को बैठक दुई दिनसम्म चल्ने बताइएको छ । ४ गते परिषद्को बैठक सकिएपछि सप्तरीबाट गठबन्धनको र्याली निस्किने छ र लहानमा राउतलाई नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको गठबन्धनले जनाएको छ ।