नेकपा अध्यक्ष प्रचण्ड आज अमेरिका जाँदै
काठमाडौं ३ चैत्र । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अमेरिका जाने भएका छन् । पत्नी सीता दाहालको उपचारका लागि उनी आइतबार साँझ अमेरिका जान लागेका हुन् ।
उनीहरु साँझ ५ः०० बजे अमेरिका प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जनाएको छ ।
दुई महिनाअघि पनि प्रचण्ड सीतालाई लगेर अमेरिका जाने तयारीमा थिए । तर भेनेजुएला प्रकरणमा नेकपाको तर्फबाट जारी गरिएको विज्ञप्तिले आलोचना भएपछि प्रचण्डले अमेरिका जाने कार्यक्रम स्थगित गरेका थिए ।
सीता पार्किन्सन रोगले पीडित छिन् । छोरा प्रकाश दाहालको असामयीक निधनपछि उनलाई झन रोगले च्यापेको छ । यसअघि सीताको उपचार भारत र सिंगापुरमा पनि गरिएको थियो ।
