भीमफेदी गाउँपालिकामा संगठन विस्तार अभियानको तीब्रता
मकवानपुर १४ चैत्र । मकवानपुरको भीमफेदी गाउँपालिकामा संगठन विस्तार अभियानले तीब्रता पाइरहेको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ५ र ६ मा संगठक विस्तार कार्यक्रमअन्तर्गत तरुण दल गठन गरिएको छ ।
भीमफेदी गाउँपालिका वडा नं. ५ मा महेन्द्र बहादुर गोम्जा र वडा नं. ६ मा मिथुन लामाको संयोजकत्वमा ७/७ सदस्यीय तरुण दल गठन गरिएको हो ।
नेपाल तरुणदल भीमफेदी गाउँपालिकाका अध्यक्ष मित्रबन्धु सिञ्जालीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस भीमफेदी गाउँपालिकाका संयोजक सञ्जिब श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
