विप्लव समूहलाई पक्राउ गरेरै गलाउने रणनीतिमा सरकार, ४५ नेता कार्यकर्ता हिरासतमा (नामसहित)

तु खबर संवाददाता
२०७५ चैत्र १२, मंगलवार १४:४५

काठमाडौं । नेत्रविक्रम चन्द विप्लवु नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सरकारले प्रतिबन्ध लगाएको १५ दिन पुगेको छ। गत फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपालाई आपराधिक समूहको संज्ञा दिँदै प्रतिबन्ध लगाएको थियो।

आपराधिक गतिविधिमा संलग्न, चन्दा आतंक, ज्यान मार्नेगरी भएको बम बिस्फोटलगायतका घटनाले उक्त समूह कुनै राजनीतिक दल नभई आपराधिक समूह भएको भन्दै सरकारले प्रतिबन्ध लगाएको थियो।

सरकारले विप्लव समूहलाई कुनै कार्यक्रम गर्न समेत नपाउने, यस समूहका नेता तथा कार्यकर्तालाई जहाँ भेटियो त्यही पक्राउ गर्ने, हतियारसहित देखापरे गोली हान्नेसम्मका आदेश सुरक्षा निकायलाई समेत दिइसकिएको थियो।

सरकारको उक्त निर्देशनपछि सुरक्षा निकायले पनि विप्लव समूहका नेता कार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेको छ। प्रचलित संविधान र कानुनविपरित गतिविधि गर्ने जोकसैलाई छुट नभएकाले आपराधिक गतिविधिमा संलग्न विप्लव समूह सदस्यलाई प्रहरीले पक्राउ गर्ने प्रहरी प्रवक्ता एसएएसपी उत्तमराज सुवेदीले जनाए।

सरकारले कार्यक्रम नै गर्न नदिने र देखिएको अवस्थामा पक्राउ गर्ने आदेश आएपछि प्रहरीले विप्लव समूहलाई पक्राउ गर्न थालेको प्रहरीले जनाएको छ।

यता प्रधामन्त्री केपी शर्मा ओलीले सुध्रिएर मुलधारमा नआए ुविप्लवु समेतलाई चैत महिनाभित्र पक्राउ गरिसक्ने बताएका छन्। विप्लव समूहले भने आफ्ना नेता तथा कार्यकर्ता तुरुन्त रिहा गर्दै प्रतिबन्ध हटाउन सरकारलाई चैत महिनासम्मको म्याद दिएको छ। यस्तो परिस्थितले द्धन्द्ध भड्किन सक्ने खतरा पनि रहेको विज्ञहरुले बताउने गरेका छन्।

ललितपुरको नख्खुस्थित एनसेगट अगाडि गराइएको बम बिस्फोटमा एक जनाको मृत्यु र २ जना घाइते भएको घटनाबाट विप्लव समूहका नेताकार्यकर्ता पक्राउ गर्न सुरु गरेको प्रहरीले अहिलेसम्म ४३ जनालाई पक्राउ गरिसकेको छ।

बम बिस्फोटमा संलग्न भएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले फागुन १४ गते विप्लवका पूर्व अंगरक्षकसमेत रहेका सूर्य भुजेललाई कलंकीबाट पक्राउ गरेको थियो।

उता फागुन १५ गते मोरङबाट देवकुमार लिम्बू ुसंगीतुलाई एलएमजी र एम-१६ हतियारसहित प्रहरी टोलीले पक्राउ गरेको थियो।

अहिलेसम्म विप्लव समूहका सबैभन्दा ठूला नेता मध्य क्षेत्रीय कमाण्ड तथा स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीलाई नियन्त्रणमा लिइएको छ। उनको पक्राउलाई सुरक्षा निकायले पनि ठूलो सफलताको रुपमा लिएको छ। उनी पक्राउ परेपछि विप्लव समूहलाई ठूलो धक्का परेको सुरक्षा निकायको विश्लेषण छ।

हालसम्म को–को पक्राउ परे :

फागुन १४ – काठमाडौंका विभिन्न स्थानबाट सूर्य भुजेल, जयराम दंगाल, अर्जुन केसी र अर्जुन गोतामे।

फागुन १५ – मोरङबाट एलएमजी र एम-१६ सहित देवकुमार लिम्बू ुसंगीतु।

फागुन २१ – सुर्खेतबाट नेकपाको भ्रातृ सङ्गठन अनेरास्ववियु ९क्रान्तिकारी० का केन्द्रीय सचिवालय सदस्य तथा भेरी क्षेत्रीय समन्वय समितिका संयोजक पुष्पबहादुर न्यौपाने।

फागुन २१ – सामाखुसीबाट जनवर्गीय संगठन किसान महासंघका अध्यक्ष राजु कार्की।

फागुन २२ – दरबारमार्ग क्षेत्रबाट ब्युरो सदस्य केदार खतिवडा।

९चैत ९ गते खतिवडालाई र १० गते कार्कीलाई र काठमाडौं जिल्ला प्रशासन कार्यालयले ८र८ हजार रुपैयाँ धरौटीमा रिहा गरेलगत्तै प्रहरीले पुनः पक्राउ गरेको हो०

फागुन २३ – विप्लवको गाउँ कपिलवस्तुको शिवराज नगरपालिकास्थित शिवगढीबाट एसएमजी २ थान, त्यसको गोली ६८ राउन्ड, त्यसको म्यागजिन ३ थान, ५४ टाइप पेस्तोल १ थान, त्यसको म्यागजिन १ थान, त्यसको गोली ३ राउन्ड, ५.५६ क्यालिभरको राउन्ड १ सय ३१ पिस, थप म्यागजिन १ थान र विभिन्न किसिमका तार तथा फलामका नटहरु १ बोरा ९२५ केजी० सहित दुर्गाबहादुर रोका।

चैत १ – ललितपुरको च्यासलबाट पोलिटब्युरो सदस्य मोहन कार्की ुजिवन्तु।

चैत २ – प्युठानबाट अखिल ९क्रान्तिकारी०का केन्द्रीय सचिवालय सदस्य एवम् राप्ती क्षेत्रीय समन्वय समितका संयोजक पदम पोख्रेल।

चैत ४ – नख्खु बम बिस्फोटमा संलग्न रहेको भनिएका नुमबहादुर विक र डिकेन्द्र राई।

चैत ५ – अपराध महाशाखाको टोलीले काभ्रेबाट ४ राउण्ड गोलीसहित शिव धिमाल र विशाल तामाङ।

चैत ८ – काभ्रेबाटै स्थायी समति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड हेमन्तप्रकाश ओली ुसुदर्शनु, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का।

चैत ११ – मोरङबाट कोशी ब्युरो इन्चार्ज धनश्याम श्रेष्ठ ुपुष्करु र ब्यूरो सदस्य माधव गौतम।

चैत ११ – कर्णाली प्रदेशबाट जिलेटीन ३२ थान, इलेक्ट्रिक डेडकड १ थान, गन्धक बारुद १ केजी र डेडकड ३ मिटरलगायतका विस्फोटक पदार्थसहित बुद्धिजीवी परिषद्का भेरी–कर्णाली इन्चार्ज धनराज शाही।

चैत ११ – पश्चिम नवलपरासी जिल्ला इन्चार्ज गंगा ज्ञवाली ुसुमनु र पूर्वी नवलपरासीका जिल्ला सदस्य धनबहादुर मर्दानिया।

चैत ११ – भोजपुरबाट सञ्जय राई, विकास राई र महेन्द्र तामाङ।

चैत ११ – कैलालीबाट युवा संगठनका पूर्वप्रमुख रुपेश दिवाकर।

चैत ११ – कोहलपुरबाट बाँके जनपरिषद् प्रमुख कृष्ण बहादुर शाही।

त्यसैगरी, काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट रवीन केसी, वीरेन्द्र नेपाली, विपीन लामा, नवीन विष्ट, विमला भण्डारी, गौरी धामी, रुकमिणी पुडासैनी, उषा भुजेल, रामकुमार अधिकारी र ज्ञानेन्द्र बुढाथोकी पनि पक्राउ परेका छन्।

नेपाल लाइभबाट