राप्रपा मकवानपुरले बोलायो बिस्तारित बैठक
मकवानपुर १२ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर जिल्ला कार्य समितिको आज बसेको बैठकले आगामी चैत्र २३ गते जिल्लाको बिस्तारित बैठक बोलाएको छ । बैठकले हालै सम्पन्न भएको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समिक्षा गरेको छ भने आन्दोलनको केन्द्रिय कार्यक्रमलाई सफल र प्रभाबकारी रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ ।
राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारिको अध्यक्षतामा बसेको बैठकमा पार्टीका सहायक महामन्त्री राजाराम बर्ताैलाको बिशेष उपस्तिथि रहेको थियो । बैठकमा बोल्दै सहायक महामन्त्री बर्ताैलाले चुनौतीको सामना गर्दै उच्च मनोबलका साथ संगठन निर्माणमा लाग्न जोड दिए ।
आन्दोलनको आगामी कार्यक्रम चैत्र १२–१८ प्रचार–प्रसार , १७–२३ संघर्षको मागहरुको पक्षमा देशब्यापी हस्ताक्षर सड्ढलन अभियान, २५ गते केन्द्रमा सिहदरबार अगाडि, प्रदेश राजधानीमा, जिल्ला सदरमुकामहरुमा १ घण्टे धर्ना, २८ गते सम्पुर्ण स्थानीय तहमा १ घण्टे धर्ना, बैशाख ५ गते धर्मनिरपेक्षताको ब्यानर र प्लेकार्ड जलाउने , बैशाख ८ गते १२–२ बजे सम्म राजमार्ग र चोकमा २ घन्टे सत्याग्रह कार्यक्रम हुने राप्रपा हेटौंडा नगर अध्यक्ष गुरु प्रसाद सापकोटाले जानकारी दिए ।
