विश्व विविध
कोरोना अस्पतालमा आगलागी हुँदा ५ जनाको मृत्यु
रुसको सेन्ट पिटर्सबर्गमा रहेको एक कोरोना भाइरस (कोभिड–१९) को उपचार गर्ने अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । स्थानीय प्रशासनका अनुसार करिब १५० जनालाई अस्पतालबाट सुरक्षित बाहिर निकालिएको छ । भेन्टिलेटरबाट आगलागी सुरु भएको बताइएको छ । घटनाबारे सम्पूर्ण विवरण आइसकेको छैन ।
पूर्वी सुडानमा दुई जातीय समूहबीच झडप, तीन जनाको गयो ज्यान
खार्तुम । सुडानको पूर्वी शहर कसलामा दुई जातीय समूहबीच झडप हुँदा तीन जनाको ज्यान गएको छ । झडपमा ७९ जना घाइते भएको राज्यका कार्यवाहक गभर्नरले आइतबार रोयटर्सलाई बताएका छन्। बेनी आमेर र नुवा नामका यी दुई जातीय समूहको सम्बन्ध विगतदेखि तनावपूर्ण रहँदै आएको छ। बिहीवार उनीहरू बिच पुनः झडप...
मलेसियाले ९ जूनसम्म लकडाउन थप्यो
मलेसियाले कोरोना संक्रमणको राकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउनको अवधि पुनः थपेको छ । मलेसियाले लकडाउनको अवधि ९ जूनसम्म थपेको हो । मलेसियाले कोरोना संक्रमण रोकथामका लागि मार्च १८ देखि लकडाउन घोषणा गरेको हो । ४ मेदेखि भने लकडाउन केही खुकुलो बनाइएको छ । मलेसियामा आर्थिक गतिविधि लगभगजसो...
कोरोना अपडेट– कतारमा संक्रमित नेपालीको संख्या २ हजार ३ सय पुग्यो
काठमाडौं । कतारमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित नेपालीको संख्या २ हजार नाघेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार कतारमा शनिबार साँझसम्म २ हजार ३ सय नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको हो । कतारमा हालसम्म कोरोना संक्रमितको संख्या २१ हजार ३ सय ३१ जना...
कोरोनाको कारण भारतमा एकैदिन ११६ जनाको ज्यान गयो
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट भारतमा एकै दिनमा १ सय जना भन्दा बढीले ज्यान गुमाएका छन् । नेपाली समय अनुसार आइतबार बिहान ९ बजेसम्मको तथ्यांक अनुसार, भारतमा एकैदिन एक सय १६ जनाले ज्यान गुमाएका हुन् । योसँगै भारतका कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार १ सय १ जना...
कोरोना अपडेट – संक्रमितको संख्या ४० लाख २४ हजार नाघ्यो
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ४० लाख नाघेको छ । नेपाली समय अनुसार आइतबार बिहान ९ बजेसम्मको तथ्यांकमा विश्वभर संक्रमितको संख्या ४० लाख २४ हजार ९ पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर २ लाख ७९ हजार ३ सय ११ जनाको मृत्यु...
चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने
काठमाडौं । सिंहदरबार अगाडि लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गर्ने चार चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले उनीहरुलाई आइतबार अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिने जानकारी दिए । शुक्रबार अपराह्न बन्दाबन्दीका समयमा...
युएईमा एकैदिन २२ नेपाली महिलामा कोरोना संक्रमणको पुष्टि
युएईको शारहजामा एकै दिन २२ नेपाली महिला कामदारहरुमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । शारहजाको एक क्लिनिङ कम्पनीमा एकैदिनमा ६१ जना महिला कामदारहरुमा कोभिड–१९ पोजिटिभ देखिएको थियो। जसमध्ये २२ जना नेपाली महिला कामदार रहेका छन् । संक्रमित हुनेहरुलाई कम्पनीले आफ्नै क्वारेन्टाइन बनाएर अलग राखेको छ। उक्त कम्पनीमा...
कोरोना अपडेट– विश्वभर मृत्यु हुनेको संख्या २ लाख ७६ हजार नाघ्यो
कठमाडौं । विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ७६ हजार नाघेको छ । नेपाली समय अनुसार शनिबार बिहान ८ बजेसम्मको तथ्यांकमा विश्वमा मृत्यु हुनेको संख्या २ लाख ७६ हजार ८ सय ६३ पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा ३९ लाख ३७ हजार ८...
पाकिस्तानले गर्यो शनिबारदेखि लकडाउन हटाउने निर्णय
पाकिस्तानले कोरोनाभाइरसका संक्रमितमा भइरहेको लगातार वृद्धिका बाबजुद् आउने शनिबारदेखि लकडाउन हटाउने निर्णय गरेको छ। बिहीबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री इमरान खानले नागरिकहरूलाई दुस्ख भएको भन्दै लकडाउन हटाउने निर्णय गरिएको बताएका छन्। घरबाट निस्किने हरेक नागरिक, सञ्चालन हुने पेसा व्यवसाय र उद्योगले निश्चित मापदण्ड पालना गर्नुपर्ने, त्यस्तो नगरी कोरोनाभाइरसका...







