कोरोना महामारीबीच चुनावी र्‍याली सुरु गर्ने ट्रम्पको घोषणा

एजेन्सी
२०७७ जेष्ठ २९, बिहीबार १०:२८
file-photo

कोरोना महामारीका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी र्‍याली सुरु गर्ने घोषणा गरेका छन् । ट्रम्पले कम्तिमा चार राज्यमा चुनावी र्‍याली गर्ने घोषणा गरेका हुन् ।

कोरोना संक्रमण सुरु भएपछि तीन महिना अगाडि चुनावी र्‍याली स्थगित गरिएको थियो ।

ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले ओकाहामा, फ्लोरिडा, एरिजोना र उत्तरी क्यारोलिनाबाट चुनावी र्‍याली सुरु गर्ने जानकारी दिए । सम्भवतः सबैभन्दा पहिले आगामी शुक्रबार ओकाहामाबाट र्‍याली सुरु हुनेछ ।

अमेरिकाको आगामी राष्ट्रपति निर्वाचनमा ट्रम्पको प्रतिस्पर्धी जो बिडेन छन् । अमेरिकामा यसै वर्षको नोभेम्बर महिनामा राष्ट्रपति पदको चुनाव हुँदैछ ।

अमेरिका कोरोना भाइरस संक्रमणबाट विश्वकै सबैभन्दा बढी प्रभावित देश हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा झण्डै २० लाख संक्रमित छन् भने १ लाख १२ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*