विश्व विविध

विश्वभर २ लाख ६९ हजार २ सय ६७ जना संक्रमितको मृत्यु

कठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ। नेपाली समय अनुसार शुक्रबार बिहान ७ बजे सम्मको तथ्यांक अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या ७५ हजार ६ सय ४९ पुगेको छ। अमेरिकामा बिहीबार एकैदिन २ हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो । जोन्स...

सम्माननीय प्रधानमन्त्री ज्यूलाई खुल्ला पत्र

सम्माननीय प्रधानमन्त्री ज्यु प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिँहदरबार, काठमाडौं                                                        विषय : बिदेशबाट आउने नेपाली नागरिकको ब्यस्थापन सम्बन्धमा । सम्माननीय प्रधानमन्त्री केपी...

अस्पतालको झ्यालबाट हामफालेका ३ जना चिकित्सकको मृत्यु

कोरोना भाइरस महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न ३ जना चिकित्सकले अति कार्यबोझ रहेको भन्दै शंकास्पद रूपमा अस्पतालको झ्यालबाट हाम फालेको रसियाका सञ्चारमाध्यमहरूले बताएका छन् । ती चिकित्सकमध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १ जनाको गम्भीर अवस्थामा उपचारकै क्रममा मृत्यु भएको थियो । विगत २ साताको अवधिमा भएका...

कोरोनाका कारण ९० हजारभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) कारण विश्वभर ९० हजारभन्दा बढी स्वास्थकर्मी संक्रमित भएका छन् । इन्टरनेशनल काउन्सिल अफ नर्सेज (आईसीएन) ले बुधबार सार्वजनिक गरेको तथ्यांक यस्तो देखिएको हो । कोरोना भाइरसको कारण अहिलेसम्म विश्वभर दुई सय ६० नर्सको मृत्यु भइसकेको आईसीएनले बताएको छ । आईसीएनले एक सय ३० मुलुकको...

कोरोनाबारे महत्वपूर्ण खोजको नजिक रहेका एक चिनियाँ अनुसन्धानकर्ताको गोली हानी हत्या

कोरोना भाइरस (कोभिड–१९) बारे महत्वपूर्ण खोजको नजिक रहेका एक चिनियाँ अनुसन्धानकर्ताको अमेरिकामा हत्या भएको छ । अमेरिकाको पेन्सिलभानियामा गोली हानी हत्या भएको हो । पिट्सबर्ग विश्वविद्यालयका प्राध्यापक ३७ वर्षीया विंग लिउको उत्तरी पिट्सबर्गको रस टाउनिङस्थित घरमा नै मृत भेटिएको हो । उनको टाउको, घाँटी, छाती र हातखुट्टामा गोली हानिएको...

भारतमा कोरोना संक्रमित ५२ हजार नाघ्यो

भारतमा बुधबारसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५२ हजार नाघेको छ । भारतमा बुधबार मात्र ३ हजार ४ सय ९० नयाँ संक्रमित फेला परेका छन् भने ९८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ५२ हजार ९ सय ६७ पुगेको छ । यस्तै संक्रमणका कारण १...

रसियामा लगातार चौथो दिन १० हजार बढी संक्रमित फेला

मस्को । रसियामा लगातार चौथो दिन १० हजार बढी कोरोना संक्रमित थपिएका छन् । रसियाले बुधबारमात्र १० हजार ५ सय ५९ जना नयाँ संक्रमित फेला परेको पुष्टि गरेको छ । योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार ९ सय २९ पुगेको छ । रसिया संक्रमितदर धेरै भएको...

कोरोना अपडेट– भारतमा एकैदिन थपिए २ हजार ९ सय नयाँ संक्रमित

भारतमा एकै दिनमा २ हजार ९ सय ६३ जना नयाँ संक्रमित थपिएका छन् । भारतीय संचारमाध्यमका अनुसार, भारतमा मंगलबार मात्रै २ हजार ९ सय ६३ जना नयाँ संक्रमित थपिएका छन भने १ सय २७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमितको संख्या ४९ हजार ४ सय पुगेको छ।...

सरकारका सल्लाहकारले नै उल्लंघन गरे लकडाउनको नियम, दिए राजिनामा

बेलायतमा लकडाउन सिफारिस गर्ने प्राध्यापक नील फर्गुसनले आफैंले सामाजिक दुरीको नियम पालना नगरेको भन्दै पदबाट राजीनामा दिएका छन् । उनी कोरोना नियन्त्रणसम्बन्धी बेलायती सरकारका प्रमुख सल्लाहकार हुन् । आफ्नो राजीनामामा उनले भनेका छन्, ‘मैले गल्ती गरेको स्वीकार गर्छु । यसकारण म आफ्नो पदबाट राजीनामा दिँदैछु । कोरोना नियन्त्रणका लागि...

भिसाको अवधि सकिएर पनि काम गरिरहेका नेपालीलाई १४ दिनको समय

काठमाडौं । मलेसिया सरकारले अवैध रूपमा बसेर काम गरिरहेका विदेशी कामदारहरूलाई स्वदेश फर्कन १४ दिनको समय दिएको छ । सरकारले भिसाको अवधि सकिए पनि मलेसियामै रहेर काम गर्दै आएका कामदारलाई स्वदेश फर्कन उक्त समय दिएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । दुतावासका अनुसार, १ जनवरीदेखि भिसा सकिएकालाई आउँदो १२...