अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड
अमेरिकामा रहेको महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ।
अश्वेत एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि शुरु भएको आन्दोलनका क्रममा प्रतिमामा तोडफोड भएको हो।
प्रतिमामा आक्रमण गरेर तोडफोड गर्ने व्यक्तिको खोजी भइरहेको र पत्ता लगाएर कानुन अनुसार कारबाही गरिने अमेरिकी प्रहरीले जनाएको छ।
गान्धीको प्रतिमामाथिको तोडफोड यही जुन २ र ३ तारिखको राति भएको बताइएको छ । तोडफोडका बारेमा अमेरिकास्थित भारतीय दूतावासले अमेरिकी अधिकारीहरुलाई जानकारी गराएको छ।
