कोरोना– इटालीलाई पछि पार्दै तेस्रो स्थानमा ब्राजिल
कोरोना भाइरस (कोभिड–१९) का कारण धेरै नागरिक गुमाउने मुलुकको तेस्रो स्थानमा ब्राजिल रहेको छ ।
कोरोनाका कारण मृत्यु हुनेको संख्या बिहीबार ३४ हजार नाघेपछि इटालीलाई पछि पार्दै तेस्रो स्थानमा रहेको हो ।
बितेका २४ घण्टामा ब्राजिलमा १४ सय ७३ जनाले ज्यान गुमाएका छन् । योसँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३४ हजार २१ पुगेको छ।
कोरोनाबाट धेरै नागरिक गुमाउने मुलुकमा अमेरिका पहिलो नम्बरमा छ भने बेलायत दोश्रो नम्बरमा छ।
यसैगरी संक्रमित संख्या धेरै भएको मुलुकमा ब्राजिल दोश्रो स्थानमा छ।
त्यहाँ हालसम्म ६ लाख १४ हजार ९ सय ४१ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ।
