विश्व विविध
कोरोना संक्रमित संख्याको चौथो स्थानमा ब्राजिल, इटाली र स्पेनलाई पनि उछिन्यो
दक्षिण अमेरिकी राष्ट्र ब्राजिल कोरोना संक्रमितको संख्यामा चौथो नम्बरमा पुगेको छ । पछिल्लो २४ घन्टामा १४ हजारभन्दा बढी संक्रमित थपिएपछि ब्राजिलले कोरोना संक्रमितको संख्यामा इटाली र स्पेनलाई पछि छाडेको हो । पछिल्ला दिनमा कोरोना भाइरसको नयाँ इपिसेन्टर बनेको ब्राजिलको अवस्था भयावह बन्दै गएको हो । ब्राजिलभन्दा बढी अमेरिका, रुस र...
मोबाइल भिडियोका कारण २ युवतीको हत्या
काठमाडौं । पाकिस्तानमा इन्टरनेटमा व्यापक रूपमा प्रचारित एउटा भिडियोका कारण २ युवतीको हत्या भएको छ । उत्तर र दक्षिण वजिरिस्तानको दुर्गम आदिवासी जिल्लाका ती २ जनालाई गत साता आफ्नै परिवारका १ सदस्यले गोली हानेर हत्या गरेको बताइएको छ । प्रहरीका अनुसार २ युवतीको १ युवकसँगको छोटो भिडियो सामाजिक सञ्जालमा...
अमेरिकन आइडलमा नेपाली युवा गायक दिवेशले जित्ने सम्भावना !
काठमाडौं । अमेरिकन आइडलको फाइनल आइतबार साँझ हुने भएको छ । एबिसी, च्यानल १० बाट प्रसारण हुने उक्त सो अमेरिकी समयअनुसार साँझ ७ बज सुरु हुनेछ । आइतबारको फाइनल सुरु हुनासाथ ७ प्रतिस्पर्धीमध्ये २ जना बाहिरिनेछन् र बाँकी रहेका गायक–गायिकाले दुई वटा गीत प्रस्तुत गर्नेछन् । उक्त सो मा...
इजरायलका लागि चिनियाँ राजदूत मृत फेला
इजरायल । इजरायलमा चिनियाँ राजदूत डु वेइको निधन भएको छ । राजधानी तेल अभीभस्थित आफ्नै निवासमा राजदूत वेइ मृत फेला परेका हुन् । इजरायली मिडियाका अनुसार ५८ वर्षीय डुलाई उनकै शयन कक्षमा मृत पाइएको हो । उनको मृत्युको कारण खुल्न सकेको छैन । गत फेब्रुअरीमा उनी इजरायलका लागि चिनियाँ...
खोप पत्ता लागोस् वा नलागोस्, अमेरिका खुल्छ : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) को खोप पत्ता नलागे पनि अमेरिका खुल्ने बताएका छन् । उनले यस वर्षको अन्तिमसम्म कोरोना भाइरसको खोप पत्ता लाग्ने घोषणा पनि गरे । खोप पत्ता नलागे पनि अमेरिकीहरूको जनजीवन सामान्य अवस्थामा फर्किने उनले बताएका छन् । धेरै विशेषज्ञहरुले यस वर्षको अन्तिमसम्ममा कोरोना...
कोरोना अपडेट– संक्रमणमा भारतले उछिन्यो चीनलाई
भारतले कोरोना संक्रमणमा चीनलाई उछिनेको छ । कोरोना महामारीको उद्गम चीनभन्दा धेरै पछि संक्रमण फैलिएको भारतमा शुक्रबारको पछिल्लो बिरामी संख्या चीनभन्दा १ सय ३९ जना बढी छ । शुक्रबार साँझ ९ बजेसम्मको तथ्यांकअनुसार भारतमा ८३ हजार ७२ जनामा संक्रमण पुष्टि भएको छ । चीनमा अहिलेसम्म ८२ हजार ९ सय...
चीनसँगको सबै सम्बन्ध तोड्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्ने चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) को महामारीमा चीनले चालेको कदमको आलोचना गरेका हुन् । एक अन्तर्वार्तामा उनले आफूले चीनसँगको सबै सम्बन्ध तोड्न सक्ने बताएका हुन् । ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्दा अमेरिकाको पाँच खर्ब डलर बच्ने बताए...
कोरोना अपडेट– विश्वभर २ लाख ९१ हजारको मृत्यु
काठमाडौं । विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ९१ हजार भन्दा बढीको मृत्यु भएको छ । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहान ८ बजेसम्मको तथ्यांक अनुसार, विश्वभर २ लाख ९१ हजार ९ सय ४२ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या सबैभन्दा धेरै...
कोरोना अपडेट– फ्रान्समा झण्डै २७ हजारको मृत्यु
काठमाडौं । फ्रान्समा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण झण्डै २७ हजारको मृत्यु भएको छ । फ्रान्सका संक्रमणका कारण २६ हजार ९ सय ९४ जनाको मृत्यु भएको हो । यीमध्ये १७ हजार ३ जनाको अस्पतालमा मृत्यु भएको छ । अन्यको मृत्यु स्याहार गृहमा भएको हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार,...
लकडाउन खोल्न हतार गरे थप मानवीय क्षति हुने चेतावनी
अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले लकडाउन खोल्नेबारे सिनेटरहरुलाई चेतावनी दिएका छन् । उनले देशमा लकडाउन खोल्न हतार गरिएमा संक्रमण तीव्र रुपमा फैलिने उनको चेतावनी छ । उनले लकडाउन खोल्नका लागि यसअघि घोषणा गरिएका विभिन्न योजनाहरुको पालना नगर्ने हो भने लाखौं अमेरिकी संक्रमणको चपेटामा आउनसक्ने बताए । उनले...








