अभिनेता सुशान्त सिंहको भाउजूको पनि मृत्यु
बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्माहत्या गरेपछि बलिउड विक्षिप्त बनेको छ । अझ ३४ वर्षीय आफ्नो सदस्यलाई गुमाउँदाको पीडा परिवारमा कति होला ?
सुशान्तको आत्महत्याका कारण सुशान्तकी भाउजू सुधा देवी निकै पीडामा थिइन् । उनलाई आफ्ना देवरको मृत्यु स्वीकार्य थिएन ।
देवरको मृत्युको खबरपश्चात् सुधा डिप्रेसनमा गइन् । खाना, पानी उनले केही खाइनन् । आन्ततस् सुधाले पनि यस संसारबाट बिदा लिइन् । सोमबार दिउँसो सुशान्तको दाहसंस्कारको क्रममा उनले आफ्नो प्राण त्याग गरेकी थिइन् ।
सुशान्तकी भाउजू पूर्णियामा बस्दै आएकी थिइन् । उनी त्यहाँ आफ्नो पुर्ख्यौली घरमा बस्थिन् । भारतीय मिडियाका अनुसार सुधा सुशान्तका काकाको छोराकी श्रीमती हुन् ।
सुशान्तको पोस्टमार्टम रिपोर्टमा आत्महत्या पुष्टि भइसकेको छ । तर, सुशान्तलाई डिप्रेसनमा पुर्याउने काम बलिउडबाट नै भएको केही कलाकारहरूले भनिरहेका छन् । राम्रो काम गर्ने र इमान्दर कलाकारलाई कलिउडकर्मीले बेवास्ता गर्दा उनी डिप्रेसनमा पुगेका बलिउड कलाकारहरू बताउँदै आएका छन् ।
