लद्दाकमा २० भारतीय सेनाको मृत्यु

एजेन्सी
२०७७ असार ३, बुधबार ०८:१५
file-photo

काठमाडौं । लाइन अफ एक्च्युल (एलएसी) को लद्दाख क्षेत्रमा भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच भिडन्त भएको छ ।

उक्त भिडन्त हुँदा कम्तिमा २० जना भारतीय सेनाको मृत्यु भएको छ ।

भारतीय अधिकारीहरुले मंगलबार साँझसम्म २० जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

४५ वर्ष यता भारत र चिनियाँ सीमा क्षेत्रमा यति धेरै संख्यामा सेनाको मृत्यु भएको यो पहिलो घटना हो । सीमा क्षेत्रमा करीब एक महिनादेखि विवाद चल्दै आएको छ ।

भारत र चीनबीच विवादित सीमा क्षेत्रमा दुबै तर्फको सेनाबीच सोमबार साँझ भिडन्त भएको हो ।

चीनले क्षतिबारे केही जानकारी गराएको छैन् । यद्यपी उसले भारतीय सेना चिनियाँ भूमिमा आएको दाबी गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले भारतीय सेना चिनियाँ भूमिमा आएर उक्साउने कार्य गर्दा दुबैतर्फ क्षति हुनेगरी भिडन्त भएको बताए

चीनतर्फ पनि क्षति भएपनि स्वतन्त्र पुष्टि भइसकेको छैन्।

मे पहिलो साता चिनियाँ र भारतीय भूभाग जोड्ने लद्दाख क्षेत्रमा दुबै पक्षका सेनाबीच सामान्य विवाद हुँदा झडप भएको थियो । उक्त विवाद साम्य बनाउन दुबै पक्षले शान्तिपूर्ण वार्तालाई जारी राखे पिन अहिले ठूलो संख्यामा क्षति हुने गरी भिडन्त भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*