विश्व विविध

कोरोना महामारीबीच चुनावी र्‍याली सुरु गर्ने ट्रम्पको घोषणा

कोरोना महामारीका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी र्‍याली सुरु गर्ने घोषणा गरेका छन् । ट्रम्पले कम्तिमा चार राज्यमा चुनावी र्‍याली गर्ने घोषणा गरेका हुन् । कोरोना संक्रमण सुरु भएपछि तीन महिना अगाडि चुनावी र्‍याली स्थगित गरिएको थियो । ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले ओकाहामा, फ्लोरिडा, एरिजोना र...

भारतमा एकैदिन १० हजार संक्रमित, २७९ को मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा झण्डै दश हजार जना संक्रमित फेला परेका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ९८५ जना संक्रमित भएको पुष्टि भएको हो । योसँगै भारतमा कुल संक्रमितको संख्या दुई लाख ७६ हजार ५८३ पुगेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी...

पाकिस्तानमा सोमबारबाट लकडाउन खुल्ने

पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको भए पनि यहाँको सरकारले आगामी सोमबारदेखि लकडाउन खोल्ने भएको छ। प्रधानमन्त्री इमरान खानले सोमबारदेखि देशव्यापी रुपमा नै लकडाउनलाई खुकुलो बनाउने बताएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्। प्रधानमन्त्री खानले देशको अर्थतन्त्रलाई बचाउन लकडाउनलाई लामो समयसम्म जारी नराख्ने बताएका हुन्। उनले लामो समयसम्म लकडाउन...

अनलाइन कक्षा लिन स्मार्टफोन नभएपछि विद्यार्थीद्वारा आत्महत्या

भारतको केरला राज्यमा एक छात्राले अनलाइन कक्षा लिनका लागि स्मार्टफोन नपाएपछि आत्महत्या गरेकी छन् । कक्षा ९ मा अध्ययरत १४ वर्षीया छात्राले आत्महत्या गरेकी हुन् । कोरोना भाइरसको महामारीका कारण विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरेका थिए । अनलाइन कक्षामा सहभागी हुन स्मार्टफोन परिवारले उपलब्ध गराउन नसकेपछि ति छात्राले आत्महत्या...

सार्वजनिक स्थानमा जाँदा सबैले अनिवार्य मास्क लगाउन डब्लुएचओको आग्रह

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक स्थानमा जाादा अनिवार्य रुपमा सबैले मास्क लगाउन आग्रह गरेको छ । डब्लुएचओले कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्नका लागि सार्वजनिक स्थानमा जाँदा वा घर बाहिर निस्कँदा अनिर्वाय रुपमा मास्क लगाउन आग्रह गरेको हो । नयाँ जानकारी अनुसार मास्कले संक्रमण फैलाउन सक्ने वा कोरोना भाइरस...

कोरोना– इटालीलाई पछि पार्दै तेस्रो स्थानमा ब्राजिल

कोरोना भाइरस (कोभिड–१९) का कारण धेरै नागरिक गुमाउने मुलुकको तेस्रो स्थानमा ब्राजिल रहेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या बिहीबार ३४ हजार नाघेपछि इटालीलाई पछि पार्दै तेस्रो स्थानमा रहेको हो । बितेका २४ घण्टामा ब्राजिलमा १४ सय ७३ जनाले ज्यान गुमाएका छन् । योसँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको...

अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड

अमेरिकामा रहेको महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ। अश्वेत एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि शुरु भएको आन्दोलनका क्रममा प्रतिमामा तोडफोड भएको हो। प्रतिमामा आक्रमण गरेर तोडफोड गर्ने व्यक्तिको खोजी भइरहेको र पत्ता लगाएर कानुन अनुसार कारबाही गरिने अमेरिकी प्रहरीले जनाएको छ। गान्धीको प्रतिमामाथिको तोडफोड यही...

जर्ज फ्लोइडको हत्या गर्ने प्रहरी अधिकारीकी पत्नीले मागिन् डिभोर्स 

अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोइडको हत्याको विरोधमा प्रदर्शन जारी रहेको छ । लगातार एक सातादेखि जारी प्रदर्शन अझै रोकिने संकेत देखिएको छैन । यसैक्रममा अश्वेत जर्ज फ्लोइडको हत्या गर्ने प्रहरी अधिकारी डेरेक चौभिनकी पत्नी केलीले उनीविरुद्ध सम्बन्ध बिच्छेदको मुद्दा दायर गरेकी छन् । सीएनएनका अनुसार जर्जको हत्या २५ मेमा...

पाकिस्तानमा कोरोनाका कारण एक मन्त्रीको मृत्यु

पाकिस्तानमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एक जना मन्त्रीको मृत्यु भएको छ । संक्रमणबाट पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको मृत्यु भएको हो । सिन्ध प्रान्तका शिक्षामन्त्री सइद गनीका अनुसार मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो र स्थिति गम्भीर हुँदै गएपछि अस्पताल भर्ना गरिएको...

लकडाउनका कारण डिप्रेसनको खतरा

हाल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेको छ । यसका कारण बालबालिका तथा किशोर किशोरीहरु घरमा एक्लै बस्नुपर्ने अवस्था आएको छ । यसरी उनीहरुलाई एक्लै छोड्दा अहिले नै र पछि गएर पनि उनीहरुमा एक्लोपना रुचाउने र डिप्रेसनमा पनि जानसक्ने देखिएको छ । बालबालिका तथा...