बेलायतमा कोरोना भ्याक्सिन मानिसमाथि परीक्षणको तयारी

एजेन्सी
२०७७ असार ११, बिहीबार ०८:२९
file-photo

बेलायतमा कोरोना भ्याक्सिन व्यक्तिमाथि परीक्षण गर्ने तयारी सुरु गरिएको छ । लण्डनको इन्पेरियल कलेजमा ३ सय व्यक्तिमाथि यो ट्रायल गरिनेछ ।

इन्पेरियल कलेज लण्डनमा हुने यो ट्रायलको नेतृत्व प्राध्यापक रोबिन शटोक गरिरहेका छन् ।

यो भ्याक्सिनको जनावरमाथि ट्रायल सफल रहेको छ बताइएको छ र यसले रोग प्रतिरोधी क्षमतालाई थप राम्रो बनाउन मद्दत मिल्नेछ ।

हाल संसारभरी १२० स्थानमा कोरोनाको भ्याक्सिन बनाउने प्रयास गरिँदैछ । तीमध्ये १३ स्थानमा यो क्लिनिकल ट्रायलसम्म पुगेको छ ।

यी १३ स्थानमध्ये पाँच चीन, तीन अमेरिका र दुई बेलायतमा छ । जबकी अष्ट्रेलिया, रुस र जर्मनीको एक–एक स्थानमा ट्रायल चलिरहेको छ ।

स्रोतः रातोपाटी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*