२७ जिल्लाका बालबालिकालाई फाइजर खोप दिइने
काठमाडौं । सरकारले २७ जिल्लाका ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार ९ गतेदेखि १५ गतेसम्म पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई फाइजर खोप दिने तयारी गरेको जानकारी दिए ।
जसमा काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, सिन्धुली, झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिराहा, महोत्तरी, नवलपरासी, रुपन्देही, बाँके, दाङ, कपिलवस्तु, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेल्धुरालगायतको जिल्लामा कोरोनाविरुद्धको खोप लगाइने भएको हो ।
यस्तै, मन्त्रालयका अनुसार, दोस्रो चरणमा सोही उमेर समूहका बालबालिकालाई साउन २ गतेदेखि ८ गतेसम्म लगाइने भएको छ । दोस्रो चरणमा भने ५० जिल्लाका बालबालिकालाई खोप दिइने छ ।
