ब्राजिलमा एकै दिन थपिए ४० हजार कोेरोना संक्रमित

तु खबर संवाददाता
२०७७ असार १०, बुधबार ०९:५३
filr-photo

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तिव्र गतिमा फैलिरहेको ब्राजिलमा पछिल्लो २४ घण्टामा ४० हजार नयाँ संक्रमित थपिएका छन् ।

वल्डोमीटरका अनुसार गत २४ घण्टामा मात्रै ब्राजिलमा ४० हजार १ सय ३१ जना नयाँ संक्रमित थपिएका हुन् । योसँगै त्यहाँ कुल संक्रमितको संख्या ११ लाख ५१ हजार नाघेको छ ।

त्यस्तै, मंगलबार कोरोनाबाट ब्राजिलमा सबैभन्दा बढी १ हजार ३ सय ६४ जनाले ज्यान गुमाएका छन् । योसहित त्यहाँ मृतकको संख्या ५२ हजार ७ सय पुगेको छ ।

ब्राजिलमा अहिलेसम्म ६ लाख १३ हजार संक्रमित उपपचारपछि डिस्चार्ज भएका छन् । त्यहाँ अहिले ४ लाख ८५ हजारको उपचार जारी रहँदा ८ हजार ३ सय संक्रमितको अवस्था गम्भीर रहेको छ ।

२ सय १५ देशमा फैलिसकेको कोरोनाबाट अहिलेसम्म ९३ लाख ४२ हजार व्यक्ति प्रभावित भएका छन् । जसमध्ये ५० लाख ३६ हजार निको हुँदा ४ लाख ७८ हजार संक्रमितको मृत्यु भएको छ ।

गत २४ घण्टामा विश्वभर १ लाख ६० हजार नयाँ संक्रमित थपिँदा ५ हजार ४ सयले ज्यान गुमाएका छन् ।  एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*