पाकिस्तानमा कोरोनाका कारण एक मन्त्रीको मृत्यु
पाकिस्तानमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एक जना मन्त्रीको मृत्यु भएको छ ।
संक्रमणबाट पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको मृत्यु भएको हो ।
सिन्ध प्रान्तका शिक्षामन्त्री सइद गनीका अनुसार मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो र स्थिति गम्भीर हुँदै गएपछि अस्पताल भर्ना गरिएको थियो । तर, उनको मंगलबार निधन भएको हो ।
