कोरोनाबाट ब्राजिलमा मृत्यु हुनेको संख्या ४१ हजार

एजेन्सी
२०७७ जेष्ठ ३०, शुक्रबार १५:१२

ब्राजिलको स्वास्थ्य मन्त्रालयले ब्राजिलमा कोरोनाभाइरसका कारण ४० हजार ९ सय १९ जनाको मृत्यु भएको जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा ब्राजिलमा १ हजार २ सय ३९ जनाको ज्यान गएको छ । यही अवधिमा ३० हजार २ सय १४ जना नयाँ संक्रमित देखिएका छन् । ब्राजिलमा कोरोनाभाइरसबाट संक्रमित भएका व्यक्तिहरूको संख्या ८ लाख ९ हजार पुगिसकेको छ ।

विश्वमै संयुक्तराज्य अमेरिकापछि ब्राजिलमा सबैभन्दा बढी मानिस संक्रमित भएका छन् । अमेरिकामा २० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसबाट विश्वभर ७५ लाखभन्दा बढी मानिस संक्रमित हुनुका साथै ४ लाख २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*