कुवेतबाट काठमाडौं आइपुगे १४९ जना नेपाली

तु खबर संवाददाता
२०७७ जेष्ठ ३०, शुक्रबार १५:२०

काठमाडौं । कुवेतबाट १४९ जना नेपाली महिला कामदारलाई स्वदेश ल्याइएको छ ।

कुवेत सरकारले जजिरा एयरलाइन्सको जे ९ १५४१ नम्बरको उडानमार्फत ७ जना बालबालिकासहित १ सय ४९ जना नेपाली कामदारलाई शुक्रबार (आज) बिहान नेपाल ल्याइदिएको हो ।

कुवेतले यसअघि हिजो २ सय ९९ जनालाई आफ्नै खर्चमा नेपाल ल्याइदिएको थियो ।

गैरकानुनी रूपमा कुवेत बसेर आममाफी पाएका नेपाली महिला कामदारलाई कुवेत सरकारले नेपाल पठाएको हो ।

कुवेतबाट प्राथमिकतामा परेका नेपालीलाई ल्याउनका लागि अर्को उडान असार २ गते, ५ गते, ७ गते र १० गते हुने तय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*