कोरोना अपडेट– बेलायतलाई उछिन्दै चौथो नम्बरमा भारत

एजेन्सी
२०७७ जेष्ठ ३१, शनिबार १०:०६
file photo

भारतमा कोरोना संक्रमणको दर तीब्र गतिमा बढिरहेको छ । केही महिलाना लकडाउन गरेपनि भारतमा संक्रमणको दर बढ्दै गएको हो । भारत सरकारले हालै लकडाउन खुकुलो बनाएको छ । भारतमा ८ जुनदेखि पुल, बजार र धार्मिक स्थल खुल्ला गरिएको छ ।

चार दिनमा भारतले संक्रमितको संख्यामा बेलायतलाई उछिन्दै सर्वाधिक संक्रमित संख्यामा चौथो नम्बरमा पुगेको छ ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार ८ जुनमा भारतमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ४८६ थियो भने १२ जुनमा यो संख्या ३ लाख ९ हजार ६०३ पुगेको छ ।

बेलायतमा संक्रमितको संख्या २ लाख २ लाख ९२ हजार ९५० रहेको छ ।

संसारभरमा कोरोना संक्रमितको संख्या बढेर ७७ लाख ३२ हजारभन्दा बढी भइसकेको छ भने ४ लाख २८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

कोरोना संक्रमितको सबैभन्दा बढी संख्या अमेरिकामा रहेको छ । अमेरिकामा २१ लाख १६ हजारमा कोरोना संक्रमण भइसकेको छ भने १ लाख १६ हजार ८२५ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*