पाकिस्तानमा सोमबारबाट लकडाउन खुल्ने

एजेन्सी
२०७७ जेष्ठ २५, आईतवार १०:३२

पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको भए पनि यहाँको सरकारले आगामी सोमबारदेखि लकडाउन खोल्ने भएको छ।

प्रधानमन्त्री इमरान खानले सोमबारदेखि देशव्यापी रुपमा नै लकडाउनलाई खुकुलो बनाउने बताएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रधानमन्त्री खानले देशको अर्थतन्त्रलाई बचाउन लकडाउनलाई लामो समयसम्म जारी नराख्ने बताएका हुन्।

उनले लामो समयसम्म लकडाउन गरी राख्दा मध्यमवर्गीय तथा श्रमजीवी वर्गको अवस्था नाजुक बन्नुका साथै दशेको अर्थतन्त्रमा नराम्रो प्रभाव पर्ने बताए।

त्यसैले यहाँका अधिकांश शहरहरुका साथै देशका प्रमुख केन्द्र तथा बजार पसलहरु पनि खुल्ने भएको बताइएको छ।

प्रधानमन्त्री खानले शुक्रबार सो कुराको जानकारी दिएका थिए।

पाकिस्तानमा पछिल्लो समयमा ४ हजार ७३४ जना संक्रमित थपिएको शनिबार बिहान जानकारी दिइएको छ। ती पछिल्लो समयमा थपिएका संक्रमितसहित यहाँका संक्रमितको संख्या ९३ हजारभन्दा बढी पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यहाँ सो भाइरसबाट ज्यान जाने व्यक्तिको संख्या १ हजार ९३५ जना पुगेको छ।

यहाँका ३२ हजार जना भन्दा बढीलाई निको भएको बताइएको छ। यहाँको सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र हो।

त्यस्तै त्यसपछिको प्रभावित क्षेत्र भनेको पञ्जाव प्रान्त हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*