भारतमा एकै दिन थपिए ११ हजार ५०० भन्दा बढी संक्रमित
काठमाडौं । भारतमा एकै दिन ११ हजारभनदा बढी कोरोना संक्रमित फेला परेका छन् । भारतमा आइतरबार ११ हजार ५ सय २ जना कोरोना संक्रमित फेला परेको छ ।
यद्यपी यो संख्या शनिबारको तुलनामा चार सयले कमी अएको पाइएको छ । भारतमा शनिबार ११ हजार ९२९ जनामा कोरोन संक्रमणको पुष्टि भएको थियो ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार सोमबार बिहानसम्ममा एकैदिनमा ११ हजार ५०२ जना संक्रमित भएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण भारतमा ३२५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या ९ हजार ५२० पुगेको छ ।
भारतमा कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या अहिले ३ लाख ३२ हजार ४२४ पुगेको छ । एजेन्सी
