सार्वजनिक स्थानमा जाँदा सबैले अनिवार्य मास्क लगाउन डब्लुएचओको आग्रह
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक स्थानमा जाादा अनिवार्य रुपमा सबैले मास्क लगाउन आग्रह गरेको छ ।
डब्लुएचओले कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्नका लागि सार्वजनिक स्थानमा जाँदा वा घर बाहिर निस्कँदा अनिर्वाय रुपमा मास्क लगाउन आग्रह गरेको हो ।
नयाँ जानकारी अनुसार मास्कले संक्रमण फैलाउन सक्ने वा कोरोना भाइरस रहेका ओसिला छिटाहरुबाट जोगाउन सक्ने देखिएको उल्लेख गरिएको छ ।
डब्लुएचओले यसअघि स्वस्थ मानिसले मास्क लगाउन अनिवार्य नरहेको बताएको थियो । डब्लुएचओले संक्रमणको शंका लागेका, संक्रमण भएकाहरुको नजिक जाने, उनीहरुको स्याहार गर्ने, संक्रमण भएकाहरुले मास्क अनिवार्य रुपमा लगाउनु पर्ने उल्लेख गरेको थियो ।
परिमार्जित सुझावमा स्वस्थ मानिसले पनि सार्वजनिक स्थानमा जाँदा वा घर बाहिर निस्कँदा सम्भावित संक्रमित व्यक्तिको सम्पर्कमा आउन सकिने भएकाले संक्रमणबाट जोगिन अनिवार्य मास्क लगाउन भनेको हो ।
