खेलकुद

बाग्मती गाउँपालिका गोल्डकपमा ररातोमाटे र हरिहरपुर विजयी, पदमपोखरी र खानीखोलाको हार

–चन्द्र घलान मकवानपुर, २७ माघ । शुक्रबारदेखि सुरु भएको ‘प्रथम बाग्मती गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिता’ को दोस्रो दिनको खेलमा हरिहरपुर खेलकुद विकास समिति सिन्धुली र न्यू स्टार रातोमाटे विजयी भएको छ । पहिलो खेलमा हरिहरपुरले खानीखोला खेलकुद विकास समिति काभ्रेलाई २–१ गोल अन्तरले पराजित गरेको त्यहाँस्थित सूर्य माविका प्रधानाध्यापक...

बाग्मती गाउँपालिका गोल्डकपमा पदमपोखरी र रातोमाटे भिड्दै, पहिलो खेलमा हरिहरपुर विजयी

मकवानपुर, २७ माघ । शुक्रबारदेखि सुरु भएको ‘प्रथम बाग्मती गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिता’ को दोस्रो दिनको पहिलो खेलमा हरिहरपुर खेलकुद विकास समिति सिन्धुली विजयी भएको छ । हरिहरपुरले खानीखोला खेलकुद विकास समिति काभ्रेलाई २–१ गोल अन्तरले पराजित गरेको त्यहाँस्थित सूर्य माविका प्रधानाध्यापक प्रमोदकुमार राईले तु खबरलाई जानकारी दिएका छन्...

डिभिजन–२ क्रिकेटः नेपाल ओमनसँग पराजित

काठमाडौँ, २६ माघ । नामिवियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग छ विकेटले पराजित भएको छ । नामिवियाको विन्डहोकस्थित अफिज पार्कमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमानलाई १३९ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा ओमनले ३५ दशमलव १ ओभरमा...

भलिबलमा पुरुषतर्फ बिबिएस प्रथम वर्ष र महिलातर्फ कक्षा ११ शिक्षा शास्त्र संकायको जीत

हेटौँडा, २६ माघ । मकवानपुर बहुमुखी क्याम्पसको ३८ औ वार्षिक उत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भएको भलिबलको उपाधि पुरुषतर्फ बिबिएस प्रथम वर्ष र महिलातर्फ कक्षा ११ शिक्षा शास्त्र संकायले जितेको छ । पुरुष तर्फ बिबिएस प्रथम वर्षले कक्षा १२ वाणिज्य संकायलाई पराजित गरेको हो । ४ सेटमा भएको...

बाग्मती गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बाग्मती विजयी

मकवानपुर, २६ माघ । शुक्रबारदेखि सुरु भएको ‘प्रथम बाग्मती गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिता’ को उद्घाटन खेलमा बाग्मती गाउँपालिका विजयी भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा बाग्मती खेलकुद विकास समितिले १–० गोल अन्तरमा बकैया खेलकुद विकास समितिलाई हराएको त्यहाँस्थित सूर्य माविका प्रधानाध्यापक प्रमोद कुमार राईले जानकारी दिए । पहिलो हाफसम्म...

दक्षिणकाली नगर कपको उपाधि वडा नम्बर ९ लाई

काठमण्डौ, २६ माघ । प्रथम दक्षिणकाली नगर कपको उपाधि वडा नम्बर ९ हुडुले जितेको छ । शुक्रबार भएको फाईनल खेलमा वडा नम्बर ६ लाई २–० गोल अन्तरले हराउँदै वडा नम्बर ९ ले उपाधि चुमेको त्यहाँस्थित सहकर्मी आशबहादुर लामाले जानकारी दिए । विजेताले प्रथम पुरस्कार स्वरुप नगद ६० हजारका साथमा...

प्रथम ‘बाग्मती गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिता’ शुरु, उद्घाटनमा बाग्मती र बकैया भिड्दै

मकवानपुर, २६ माघ । ‘प्रथम बाग्मती गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिता’ आज शुक्रबारबाट मकवानपुरको बाग्मती गाउँपालिकामा शुरु भएको छ । दिउँसो १ बजे खेलको उद्घाटन गरिने भनिएता पनि केही ढिला गरि खेलको उद्घाटन भएको छ । मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद कृष्णप्रसाद दाहालले खेलका मुख्य रेफ्रिलाइ फुटबल हस्तान्तरण...

सिमरा गोल्डकपमा हेटौँडाको हार, आयोजक विजयी

बारा, २५ माघ । रुस्लान नवौ सिमरा गोल्डकपको उद्घाटन खेलमा हेटौँडाको विजय युथ क्लब पराजित भएको छ । आयोजक नव जनजागृती युवा क्लबसँग ४–१ गोल अन्तरले विजय युथ पराजित भएको हो । विजय युथलाई पराजित गर्दै नव जनजागृती यूवा क्लबको एन.जे.जे.वाई.सि. ‘सेतो’ टिमले विजयी शुरुवात गरेको हो । खेलको...

हेटौँडाको ५ किलोमिटर दौडमा सविन र निशा विजयी

मकवानपुर, २५ माघ । मकवानपुर बहुमुखी क्याम्पसको ३८ औं वार्षिक उत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत ५ किलोमटिर दौडमा सविन भोलन र निशा कट्टेल विजयी भएका छन् । बिहिबार बिहान साढे ८ बजे सुरु भएको दौड प्रतियोगिताको दुरी मकवानपुर बहुमुखी क्याम्पस देखि तिरतिरे धारासम्म र सोही धाराबाट क्याम्पससम्म तोकिएको...

हेटौँडाको विजय युथ क्लब सिमरा गोल्डकपको उद्घाटन खेलमा आयोजकसँग भिड्दै

-अनिल प्रित बारा, २५ माघ । मोफसलकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता रुस्लान सिमरा गोल्डकपको नवौं संस्करण बिहीबार शुरु हुँदैछ । आयोजक नव जनजागृति युवा क्लबका महासचिव शम्भुसिंह ठकुरीका अनुसार दिउसो साढे १ बजे प्रतियोगिताको उदघाटन हुनेछ । खेललाई समाजसेवी तथा कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले उद्घाटन गर्ने...