खेलकुद

हेटौँडा गोल्डकपको उपाधि आर्मीको पोल्टामा, पुलिस पराजित

मकवानपुर, १२ फागुन । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौँडामा भएको तेस्रो टुबोर्ग हेटौँडा गोल्डकपको उपाधि विभागीय टोली नेपाल आर्मीले जितेको छ । प्रदेश नम्बर ३ को राजधानी हेटौँडाको वन विज्ञान अध्ययन सस्थानको खेल मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि जित्न...

तेक्वान्दोको प्रवद्र्धनमा जोड

इटहरी, १२ फागुन । प्रदेश नं १ का सामाजिक विकास मामिलामन्त्री जीवन घिमिरेले देशको आमूल परिवर्तनका विषयमा आफैँबाट नयाँ परिवर्तनको थालनी गर्न जरुरी रहेकोतर्फ आफू सचेत भएर लागेको बताउनुभएको छ । मन्त्री घिमिरेले शुक्रबार इटहरीको रंगशालास्थित तेक्वान्दो एकेडेमी भवनमा प्रदेश नं १ तेक्वान्दो संघको पदस्थापना समारोहलाई सम्बोधन गर्दै प्रदेश...

आर्मी र पुलिस दुबैको उपाधि जीत्न होडबाजी, जित्ने रणनिती तयार पारिएको दुबै टिमको दाबी

मकवानपुर, ११ फागुन । हेटौँडामा जारी तेस्रो टुवोर्ग गोल्डकपको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस र नेपाल आर्मीबिच होडबाजी चलेको छ । सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजना भइरहेको खेल अन्तरगत आज भएको प्रि म्याच कन्फरेन्समा उपाधी आफुले नै कब्जा गर्ने दुबै टिमले दाबी गरेका छन् । शनिबार दुबै...

हेटौँडा गोल्डकप : संकटालाई पुलिसले हरायो, फाईनलमा आर्मी र पुलिस भिड्ने

हेटौँडा, १० फागुन । मकवानपुरको हेटौंडामा जारी तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो तथा अन्तिम सेमिफाइनल खेल जित्दै नेपाल पुलिस क्लबले फाईनलको यात्रा तय गरेको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा आज भएको खेलमा संकटालाई २–० गोल अन्तरले पराजित गर्दै...

कलेजस्तरीय नकआउट क्रिकेट प्रतियोगिता

इटहरी, ९ फागुन । ‘नेपालय इन्टरनेशनल काठमाडौँ’को आयोजनामा यही फागुन १३ देखि २० गतेसम्म प्रदेश नं १ को एक्सपर्ट अन्तर कलेजस्तरीय नकआउट क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको छ । स्थानीय कार्यक्रम संयोजक एवं क्रिकेट प्रशिक्षक सिपी पौडेलले आज यहाँ पत्रकार सम्मेलन गरेर एक्सपर्ट कलेजस्तरीय नकआउट क्रिकेट प्रतियोगिताका विषयमा जानकारी...

हेटौँडा गोल्डकप : फाईनलमा पुग्न नेपाल पुलिस र संकटा भिड्दै

हेटौँडा, १० फागुन । मकवानपुरको हेटौंडामा जारी तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो तथा अन्तिम सेमिफाइनल खेल हुँदैछ । फाईनलमा पुग्नका लागि आजको खेलमा नेपाल पुलिस क्लब र संकटा क्लब भिड्दै छन् । क्वाटरफाइलमा बिजय युथलाई ३–० ले पराजित गर्दै पुलिस र थ्री स्टारलाई १–० ले पराजित गर्दै...

रोमाञ्चक जीत हासिल गर्दै नेपाल आर्मी हेटौँडा गोल्डकपको फाईनलमा, मनाङ मर्स्याङ्दी बाहिरियो

मकवानपुर, ९ फागुन । हेटौँडामा जारी तेस्रो टुबोर्ग हेटौँडा गोल्डकपको आज भएको खेल जित्दै नेपाल आर्मी क्लब फाईनलमा प्रवेश गरेको छ । आज भएको खेलमा मनाङ मर्स्याङ्दीलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी फाईनलमा प्रवेश गरेको हो । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा वन विज्ञान अध्ययन संस्थानको खेल...

प्रदेश सरकारले क्रिकेट खेलाडी केसीलाई एक लाख दिने घोषणा

पोखरा, ९ फागुन । प्रदेश नं ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई प्रदेश सरकारका तर्पmबाट रु एक लाख प्रदान गर्ने घोषणा गर्नुभएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा खेलाडी केसीको सम्मानमा पोखरा रंगशालामा आज आयोजित कार्यक्रममा सम्मानपत्र र...

फुटबल प्रतियोगितामा विवाद नै विवाद, कुटाकुट र रेफ्रीको ज्यादती

-चन्द्र घलान मकवानपुर, ९ फागुन । पछिल्लो समय फुटबल प्रतियोगितामा ठूलो विवाद हुने गरेको छ । राष्ट्रिय लिग गर्न नसकेर विवादमै फसिरहेको केन्द्रीय स्तर मात्र होईन विभिन्न जिल्लामा समेत यस्तो विवाद आउने गरेको छ । पछिल्लो पटक प्रदेश नम्बर ३ को राजधानी मकवानपुरमा फुटबल प्रतियोगिताको चरम विवाद देखियो ।...

संकटा क्लब हेटौँडा गोल्डकपको सेमिफाईनलमा, थ्रि स्टार पराजित

मकवानपुर, ८ फागुन । हेटौँडामा जारी तेस्रो टुबोर्ग हेटौँडा गोल्डकपको आज भएको खेल जित्दै संकटा क्लब सेमिफाईनलमा प्रवेश गरेको छ । आज भएको खेलमा थ्रि स्टारलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा पर्ने अन्तिम ४ टिममा संकटाले स्थान पक्का गरेको हो । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा वन...