आर्मी र पुलिस दुबैको उपाधि जीत्न होडबाजी, जित्ने रणनिती तयार पारिएको दुबै टिमको दाबी

तु खबर संवाददाता
२०७४ फाल्गुन ११, शुक्रबार १३:१३
File Photo

मकवानपुर, ११ फागुन । हेटौँडामा जारी तेस्रो टुवोर्ग गोल्डकपको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस र नेपाल आर्मीबिच होडबाजी चलेको छ । सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजना भइरहेको खेल अन्तरगत आज भएको प्रि म्याच कन्फरेन्समा उपाधी आफुले नै कब्जा गर्ने दुबै टिमले दाबी गरेका छन् ।

शनिबार दुबै टिमबिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । कन्फेरेन्समा बोल्दै आर्मीका प्रशिक्षक नविन न्यौपानेले आफुहरु प्रतियोगिता जित्नेमा विश्वस्त रहेको बताए । आफ्ना केही खेलाडी सामान्य घाइते भएको बताउँदै उनले अवसरलाई सदुपयोग गर्न सके जित पक्का रहेको बताए । कप्तान भरत खवासले आफुहरु पाएको अवसरलाई सदुपयोग गर्दै उपाधी हात पार्ने रणनीति अनुसार अघि बढ्ने तयारीमा रहेको बताए ।

त्यस्तै नेपाल पुलिसका प्रशिक्षक अनन्त थापाले आफ्ना खेलाडिहरु लयमा रहेको र युवाहरु नै भएकाले उपाधी जित्नेमा आफु विश्वस्त रहेको बताए । कप्तान हेम तामाङले पनि पुलिसको टिम वर्क राम्रो रहेकाले जित्नेमा ढुक्क रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*