बाग्मती गाउँपालिका गोल्ड कपको फाईनल आज, राईगाउँ र हरिहरपुर भिड्ने
राईगाउँ, ३ फागुन । बाग्मती गाउँपालिका गोल्ड कप प्रतियोगिताको फाईनल आज हुँदैछ । मंगलबारको खेलबाट विजेता बनेको हरिहरपुर खेलकुद विकास समिति र बुधबारको खेलबाट विजेता बनेको राईगाउँ युवा क्लबबिच फाईनल प्रतिस्पर्धा हुने भएको हो ।
खेल बाग्मती गाउँपालिकाको फापरबारीमा अवस्थित जनता उच्च माविको खेलमैदानमा आज दिउँसो २ बजे हुनेछ ।
बाग्मती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भईरहेको प्रतियोगिताको विजेताले नगद रु. १ लाखसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको उपविजेताले नगद रु.५० हजारसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै गोल कप र उत्कृष्ट खेलाडीलाई नगद ५–५ हजार रुपैयाँ दिइनेछ ।
प्रतियोगितामा बाग्मती खेलकुद विकास समिति, बकैया खेलकुद विकास समिति, खानीखोली खेलकुद विकास समिति,हरिहरपुर खेलकुद विकास समिति, श्रृजनशिल समाज, हेटौँडा एकेडेमी, राई गाउँ युवा क्लब, कमला देवी युवा क्लब, पदमपोखरी स्पोर्ट टिम, न्यू स्टार रातोमाटे र हिमालयन युवा क्लब गरि ११ टिमको सहभागिता रहेको थियो ।
