मकवानपुर बहुमुखी क्याम्पसमा प्राध्यापकद्वारा विद्यार्थीको पराजित

तु खबर संवाददाता
२०७४ फाल्गुन २, बुधबार १५:११

हेटौँडा, २ फागुन । मकवानपुर बहुमुखी क्याम्पसको ३८ औँ वार्षिक उत्सवको अबसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज प्राध्यापक र विद्यार्थीबिच खेल भएको छ ।

स्ववियु र प्राध्यापक बिचमा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा प्राध्यपकको सुमहले स्ववियुको समुहलाई पराजित गरेको हो । स्ववियु अध्यक्ष कुमार बहादुर केसीको कप्तानीमा रहेको समुहलाई क्याम्पस साहयक प्रमुख बिनबहादुर राउतको कप्तानीमा रहेको समुहले शुन्यको बिरुद्ध १ गोल गर्दै जित हासिल गरेको छ ।

स्ववियुको समुहले पटक पटक पोस्टमा बल प्रहार गरेता पनि गोल गर्न नसकेको फाईदा उठाउदै प्राध्यपकको समूहले एक गोल गर्दै जित हासिल गरेको थियो । क्याम्पसको वार्षिक उत्सवका अवसरमा स्वतन्त्र विद्यार्थी युनियनले सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*