बाग्मती गाउँपालिका गोल्डकपमा हेटौँडा एकेडेमी र राईगाउँ विजयी

तु खबर संवाददाता
२०७४ माघ २८, आईतवार १९:५८
Photo File

-चन्द्र घलान
मकवानपुर, २८ माघ ।
शुक्रबारदेखि सुरु भएको ‘प्रथम बाग्मती गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिता’ को तेस्रो दिन आईतबार भएको खेलमा हेटौँडा एकेडेमी र राईगाउँ युवा क्लब विजयी भएका छन् ।

राईगाउँ युवा क्लव र कमला देवी युवा क्लवबिच भएको पहिलो खेलमा राईगाउँले ३–० गोल अन्तरले कमलादेवीलाई पराजित गरेको त्यहाँस्थित सुर्य माविका प्रधानाध्यापक प्रमोदकुमार राईले जानकारी दिए । पहिलो हाफमा २–० गोेलको अन्तरले अग्रता लिएको राई गाउँले दोश्रो हाफमा थप १ गोल गर्दै ३–० गोलको अन्तरले जीत हासिल गरेको हो ।

सृजनशिल युवा क्लव र हेटांैडा एकेडेमी बिच भएको दोश्रो खेलमा हेटौँडा एकेडेमीले ट्राईब्रेकरमा खेल जितेको हो । पहिलो खेलमा १–१ गोल गरेको दुबै टिमबाट दोस्रो हाफमा समेत कुनै गोल नभएपछि खेल ट्राईबे्रकरमा पुगेको थियो । ट्राईबेकरमा समेत ४–४ गोलको बराबरी भएपछि दोस्रो पटक पून ३–३ जना खेलाडीले पेनाल्टी हानेका थिए । दोस्रो पटक भने २–१ गोल अन्तरले हेटौँडा एकेडेमी विजयी भएको हो ।

हिजो भएको दोस्रो दिनको खेलमा हरिहरपुर खेलकुद विकास समिति सिन्धुली र न्यू स्टार रातोमाटे विजयी भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार बाग्मति खेलकुद विकास समितिले बकैया खेलकुद विकास समितिलाई हराएको थियो । प्रतियोगितामा बाग्मती खेलकुद विकास समिति, बकैया खेलकुद विकास समिति, खानीखोली खेलकुद विकास समिति,हरिहरपुर खेलकुद विकास समिति, श्रृजनशिल समाज, हेटौँडा एकेडेमी, राई गाउँ युवा क्लब, कमला देवी युवा क्लब, पदमपोखरी स्पोर्ट टिम, न्यू स्टार रातोमाटे र हिमालयन युवा क्लब गरि ११ टिमको सहभागिता रहेको छ ।

बाग्मती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा फागुन ५ गतेसम्म हुने प्रतियोगिताको विजेताले नगद रु. १ लाखसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको उपविजेताले नगद रु.५० हजारसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै गोल कप र उत्कृष्ट खेलाडीलाई नगद ५–५ हजार रुपैयाँ दिइनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*