खेलकुद
ब्याडमिन्टनको उपाधि चन्द र धामीको जोडीलाई
भीमदत्तनगर, १९ माघ । कञ्चनपुरका भरतबहादुर चन्द र दिलबहादुर धामीको जोडीले रु ५१ हजार धनराशिको ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । कैलालीको जानकी गाउँपालिकाले दुर्गौलीमा आयोजना गरेको प्रतियोगितामा चन्द र धामीको जोडीले फाइनलमा नेपालगञ्जका इरफान अन्सारी र रियाज अन्सारीको जोडीलाई पराजित गरेको हो । पहिलो सेट अन्सारीद्वयको जोडीले २१–१०...
अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु
जितपुर, कपिलवस्तु, १९ माघ यहाँ अन्तर्राष्ट्रियस्तरको कुस्ती (दंगल) प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ । शुद्धोधन गाउँपालिका लभनीको आयोजनामा तीनदिने ‘विराट अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता’ बिहीबारदेखि शुरु भएको हो । स्थानीयस्तरमा रहेका खेलाडीको विकास र शारीरिक विकास सँगसँगै नेपाल र भारतका खेलाडीबीचको आपसी मैत्रीभाव विस्तार गर्ने मुख्य उद्देश्यका साथ तीनदिने कुस्ती...
पिपरा गोल्डकपको फाईनलमा बारा र मकवानपुर भिड्ने
-अनिल प्रित कोल्हवी, १९ माघ । सृजनशील युवा क्लब पिपरा बाराको आयोजना भईरहेको दोश्रो पिपरा गोल्डकपको फाईनलमा मकवानपुर र बारा भिड्ने भएको छ । बिहीबार भएको दोश्रो सेमिफाईनल खेलमा बारा ११ र र बि.एफ.सी भरतपुर चितवनबिच भएको खेलमा बारा ११ ले ५–१ गोल अन्तरले विजयी भएपछि मकवानपुरसँग भिड्ने टिमको...
पिपरा गोल्ड कपमा मकवानपुर फाईनलमा प्रवेश
-अनिल प्रित कोल्हवी, १७ माघ । सृजनशील युवा क्लब पिपरा बाराको आयोजना भईरहेको दोश्रो पिपरा गोल्डकपको आज पहिलो सेमिफाईनल खेलमा जित हासिल गर्दै मकवानपुर ११, हेटौँडा फाईनलमा प्रवेश गरेको छ । मकवानपुर ११ र ए.पि.एफ रुद्रवाहिनी बिच भएको खेलमा मकवानपुरले १–० गोलले जीत हासिल गरेको हो । पहिलो हाफको...
शिवम् सिमेन्ट्सले गर्यो चौघडाका खेलाडीलाई जर्सी सहयोग
मकवानपुर, १७ माघ । मकवानपुरको हटियामा रहेको शिवम सिमेन्ट्स् लिमिटेडले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडामा रहेको चौघडा स्पोर्ट क्लबलाई १६ थान जर्सी सहयोग गरेको छ । शिवम् सिमेन्ट्सका प्रशासन ए.जी.एम चिरन्जीबी कुँवरले क्लबका रोहण शाहीलाई बुधबार एक किर्यक्रमकाबिच जर्सी हस्तान्तरण गरेका हुन् । जर्सी हस्तान्तरण कार्यक्रममा बोल्दै एजिएम...
पिपरा गोल्डकपको सेमिफाईनलमा आज मकवानपुर भिड्ने, अन्तिम क्वाटरफाईनलमा बारा –११ को शान्दार जीत
-अनिल प्रित कोल्हवी, १७ माघ । बाराको करैयामाई गाउँपालिकाको वडा नं. ७ मा जारी दोश्रो पिपरा गोल्ड कप २०७४ को सेमिफाईनल खेलमा आज बुधबार मकवानपुर ११, हेटौँडा र ए.पि.एफ रुद्रावाहीनी बिच हुने भएको छ । त्यस्तै क्वाटर फाईनलको अन्तिम खेलमा बारा –११ ले शुन्यका बिरुद्ध दुई गोलको शान्दार जीत...
‘प्रथम बाग्मती गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिता’ माघ २६ गतेदेखि, विजेतालाई १ लाख
–चन्द्र घलान मकवानपुर, १४ माघ । ‘प्रथम बाग्मती गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिता’ यही माघ २६ गतेबाट हुने भएको छ । बाग्मती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा फागुन ५ गतेसम्म हुने प्रतियोगिताको विजेताले नगद रु. १ लाखसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको उपविजेताले नगद रु....
पिपरा गोल्डकपको उद्घाटन खेलमा रौतहट विजयी
-अनिल प्रित कोल्हवी , १२ माघ । बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नं. ७ पिपरामा जारी दोश्रो पिपरा गोल्ड कप २०७४ को पहिलो दिन नेपाल खेलकुद क्लब चन्द्रपुर र युवा स्पोर्टस क्लब बिरगंज बिच भएको खेलमा नेपाल खेलकुद क्लब चन्द्रपुर रौटहतटले जीतको सुरुवात गरेको छ । सृजनशिल यूवा क्लब...
खलंगा मेयरकप च्याम्पियन, देहिमाण्डौँ ६ विकेटले हार्यो
बैतडी, १२ माघ । बैतडीमा सम्पन्न मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताकोे उपाधि दशरथचन्द नगरपालिका–४, खलंगाले हात पारेको छ । बुड्डा बाजे क्रिकेट मैदान, रातामाटामा बिहीबार भएको उपाधि भिडन्तमा दशरथचन्द नगरपालिका–२, देहिमाडौँलाई ६ विकेटले स्तब्ध पार्दै उपाधि रक्षा गरेको हो । टस हारेर ब्याटिङ्को निम्ता पाएको देहिमाण्डौँ १९ दशमलव १...
मेयरकप फुटबल प्रतियोगिता माघ १६ देखि सुरु
बागलुङ, ११ माघ । यहाँ हुने ४ नं प्रदेश स्तरीय ‘मेयर कप फुटबल प्रतियोगिता–२०७४’ को तयारी तीव्र पारिएको छ । बागलुङ नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता यही माघ १६ देखि २२ गतेसम्म चल्नेछ । नगरपालिकाले प्रतियोगिता सञ्चालन र व्यवस्थापनको जिम्मा जिल्ला खेलकुद विकास समितिलाई दिएको छ । प्रतियोगिताको व्यवस्थापकीय काम...









