‘प्रथम बाग्मती गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिता’ माघ २६ गतेदेखि, विजेतालाई १ लाख

तु खबर संवाददाता
२०७४ माघ १४, आईतवार १४:०७
फाईल फोटो

–चन्द्र घलान
मकवानपुर, १४ माघ । ‘प्रथम बाग्मती गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिता’ यही माघ २६ गतेबाट हुने भएको छ ।

बाग्मती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा फागुन ५ गतेसम्म हुने प्रतियोगिताको विजेताले नगद रु. १ लाखसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको उपविजेताले नगद रु. ५० हजारसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै गोल कप र उत्कृष्ट खेलाडीलाई नगद ५–५ हजार रुपैयाँ दिइनेछ । नकआउटको आधारमा खेलाईने खेलमा सहभागी हुन फुटबल टिमले रु. ५ हजार १ सय दर्ता शुल्क बुझाउनुपर्ने आयोजकले जनाएको छ ।

करिब १२ देखि १५ लाखसम्मको अनुमानित खर्च हुने अनुमान गरिएको प्रतियोगिताको खेल बाग्मती गाउँपालिकाको फापरबारीमा अवस्थित जनता उच्च माविको चौरमा हुने बाग्मती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष अरुण लामा बलले जानकारी दिए । तु खबरसँग कुराकानी गर्दै उनले अहिलेसम्म केही टिमले दर्ता समेत गरिसकेको जानकारी दिँदै प्रतियोगिताको तयारी जोडतोडले भइरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*