खेलकुद

आज देखि दोश्रो पिपरा गोल्डकप २०७४ सुरु

-अनिल प्रित कोल्हवी ११, माघ । सृजनशील युवा क्लब पिपराबाराको आयोजनामा हुन लागेको दोश्रो पिपरा गोल्डकप २०७४ आज बिहीबार देखि शुरु हुने भएको छ । करैयामाई गाउँपालिकाको वडा नं. ७ पिपरा बारामा हुन लागेको प्रथम चरनको खेल नेपाल खेलकुद क्लब चन्द्रपुर रौटहट र युवा स्पोर्टस क्लव विरगंज पर्साबिच दिउँसो...

मेयरकप क्रिकेट : थालिगाडा सेमिफाइनलमा

बैतडी, ८ माघ । दशरथचन्द नगरपालिका–६ थालिगाडा, यहाँ जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा आज दशरथचन्द नगरपालिका–३ दुर्गाभवानीलाई पाँच विकेटले हराउँदै थालिगाडा सेमिफाइनल प्रवेश गरेको हो । बुड्डाबाजे क्रिकेट मैदान, रातामाटामा टस जितेर ब्याटिङ गरेको दुर्गाभवानी ८८ रनमा समेटियो । दुर्गाभवानीका...

‘सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग शिल्ड’ मा फुटबलतर्फ बराह बाहिनी र भलिबलतर्फ मुक्तिनाथ बाहिनी प्रथम

काठमाडौं, ७ माघ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भू हल्चोकमा यही माघ २ गतेदेखि संचालन भएको ‘सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग शिल्ड प्रतियोगिता २०७४’सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले माघ ६ गते एक कार्यक्रमका बीच प्रतियोगितामा सर्वप्रथम हुन सफल भएका टिम तथा खेलाडीहरुलाई रनिङ्ग...

दोश्रो पिपरा गोल्डकप २०७४ को सम्पूर्ण तयारी पुरा

–अनिल प्रित कोल्हवी, ७ माघ । सृजनशील युवा क्लब पिपरा बाराको आयोजनामा हुन लागेको दोश्रो पिपरा गोल्डकप २०७४ को सम्पूर्ण तयारी पुरा भएको छ । शनिबार श्री जनता माध्यमिक विद्याल्य कक्डी प्रसौनाको हलमा आयोजना गरिएको कार्यक्रमा क्लबका अध्यक्ष बृजमोहन चौधरीले सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । दोश्रो पिपरा...

स्वर्गीय प्रविना जम्कटेल स्मृति फुटबल कप शुरु, उद्घाटन खेलमा बुद्ध सामााजिक र रजैया बिजयी

–चन्द्र घलान मकवानपुर, ४ माघ । स्वर्गीय प्रविना जम्कटेल स्मृति जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता बिहीबारबाट सुरु भएको छ । बुद्ध सामाजिक नमूना युवा क्लब र आरआर एफसीको आयोजनामा भएको प्रतियोगितामा बिहीबार भएको उद्घाटन खेलमा आयोजक बुद्ध सामाजिक नमूना युवा क्लब र रजैया युवा क्लब बिजयी भएको स्थानीय बुद्धरत्न...

हेटौँडामा जारी हक्कीमा सुदुर र आर्मी विजयी

मकवानपुर, २ माघ । नेपाल हक्कि संघको आयोजनामा हेटौँडामा जारी १७ औं राष्ट्रिय पुरुष तथा दोस्रो महिला हक्की प्रतियोगितामा मंगलबार दुई खेल सम्पन्न भएको छ । हेटौँडा उपमहानगरपालिकाको बन विज्ञान अध्ययन संस्थानको चौरमा भएको पहिलो पुरुषतर्फको खेलमा सुदरपश्चिममाञ्चल विजयी भएको छ । सुदुरपश्चिमले पश्चिमाञ्चललाई २–० गोलले पराजित गरेको हो...

सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

काठमाडौं, २ माघ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भू हल्चोकमा यही माघ २ गतेदेखि ‘सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग शिल्ड प्रतियोगिता २०७४’ संचालन भएको छ । सशस्त्र प्रहरी बल नेपाल केन्द्रिय खेलकुद समितिको आयोजनामा माघ ६ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा फुटबल तथा भलिबल खेल हुनेछ । सशस्त्र...

खप्तड गोल्ड कप : एपिएफ फाइनलमा

धनगढी, ३० पुस । आयोजक सुदूरपश्चिम–११ लाई पराजित गर्दै विभागीय टोली एपिएफ ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता’को फाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालमा आज भएको सेमिफाइनल खेलमा एपिएफले सुदूरपश्चिम–११ लाई २–० गोलअन्तरले पराजित गर्दै फाइनल पक्का गरेको हो । एपिएफका लागि अन्जन विष्ट र नवीन...

भलिबलका सयौँ प्रतिभा जन्माउने ‘हब’ ओझेलमा

– शेरबहादुर सिंह/कुमार चौलागाईं भीमदत्तनगर, २८ पुस । डेढ दशकअघिदेखि प्रतिभावान् राष्ट्रिय खेलाडी उत्पादन गर्दै आएको कञ्चनपुरको भीमदत्तनगरस्थित भलिबल प्रशिक्षण केन्द्र पछिल्लो समय आर्थिक अभावबाट गुज्रिरहेको छ । भलिबल प्रशिक्षक एवं वर्तमान भलिबल संघका सचिव जगदीशप्रसाद भट्टको पहलमा स्थापित उक्त केन्द्रले अहिलेसम्म सयौँ प्रतिभावान् महिला तथा पुरुष खेलाडी उत्पादन...

नेपाली सेनाका श्रेष्ठद्वारा नयाँ कीर्तिमान

काठमाडौँ, २८ पुस । नेपाली सेनाका दिनेश श्रेष्ठले राखेप च्याम्पियनसिप २०७४ अन्तर्गत २३ औँ पुरुष तथा आठौँ महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा नयाँ कीर्तिमान कायम गरेका छन् । एक सय पाँच केजी तौल समूहअन्तर्गत स्नाचतर्फ १९ वर्षअघिको कीर्तिमानलाई भंग गर्दै आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । यसअघि...