खप्तड गोल्ड कप : एपिएफ फाइनलमा

तु खबर संवाददाता
२०७४ पुष ३०, आईतवार २१:५५
तस्बिर–गुगल

धनगढी, ३० पुस । आयोजक सुदूरपश्चिम–११ लाई पराजित गर्दै विभागीय टोली एपिएफ ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता’को फाइनलमा प्रवेश गरेको छ ।

धनगढी रङ्गशालमा आज भएको सेमिफाइनल खेलमा एपिएफले सुदूरपश्चिम–११ लाई २–० गोलअन्तरले पराजित गर्दै फाइनल पक्का गरेको हो । एपिएफका लागि अन्जन विष्ट र नवीन लामाले गोल गरेका थिए । लामा आजको खेलका ‘म्यान आफ दि म्याच’ घोषित भए । सोमबार हुने फाइनल खेलमा एपिएफ त्रिभुवन आर्मीसँग भिड्ने छ । -(रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*