दोश्रो पिपरा गोल्डकप २०७४ को सम्पूर्ण तयारी पुरा
–अनिल प्रित
कोल्हवी, ७ माघ । सृजनशील युवा क्लब पिपरा बाराको आयोजनामा हुन लागेको दोश्रो पिपरा गोल्डकप २०७४ को सम्पूर्ण तयारी पुरा भएको छ । शनिबार श्री जनता माध्यमिक विद्याल्य कक्डी प्रसौनाको हलमा आयोजना गरिएको कार्यक्रमा क्लबका अध्यक्ष बृजमोहन चौधरीले सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।
दोश्रो पिपरा गोल्डकप २०७४ यहि माघ ११ गते देखि सुरु हुनेछ भने फाइनल खेल २० गते हुनेछ । गोल्डकपमा गतवर्षको बिजेता एपिएफ क्लव शशस्त्र प्रहरी , उपबिजेता बारा ११ लगाएत भरतपुर फुटबल क्लब, चितवन, बिजययुथ क्लब हेटौँडा ,युनाईटेड क्लब बिरगंज, हिमकस्तुरी क्लब लाहान,चन्द्रपुर ११ रौतहट , आर्मी क्लब नेपाली सेना,महोत्तरी ११ बर्दिबास, र आयोजक सृजनशील युवा क्लब बारा लगायतका क्लबहरु सहभागी हुनेछन् ।
१९ गते रेष्टका दिन महिला फुटबलटिम गाईघाट र चन्द्रपुर बिच खेल हुनेछ । साथै प्रमुख अतिथी माननीय तेजुलाल चौधरीले खेलको उद्घाटन गर्नेछन् । प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार र दोश्रो हुने टिमले नगद रु.७५ हजार प्राप्त गर्ने क्लबका सचिव ज्ञानेन्द्र प्रसाद दाशले जानकारी दिए ।
कार्यक्रममा फुटबल खेलप्रेमि , बुद्धिजिवी र समाजसेवीहरुको सहभागी रहेको थियो । साथै करैयामाई गाउँपालिकाका प्रमुख भुनेश्वर धामी, कोल्हवी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष पुरनदेव चौधरी, अखिल नेपाल जिल्ला खेलकुद महासचिव सियाराम कुँवर , सृजनशील क्लवका उपाध्यक्ष लालबहादुर चौधरी, सचिव ज्ञानेन्द्र प्रसाद दाश, महन्थ चौधरी , मुकेश चौधरी, रामप्रसाद चौधरी, मिश्री लाल चौधरी , कृष्ण मणी चौधरी , गोपाल दाश लगायतको पनि उपस्थिति रहेको थियो ।
