आज देखि दोश्रो पिपरा गोल्डकप २०७४ सुरु

तु खबर संवाददाता
२०७४ माघ ११, बिहीबार ११:५७
तस्बिर–गुगल

-अनिल प्रित
कोल्हवी ११, माघ । सृजनशील युवा क्लब पिपराबाराको आयोजनामा हुन लागेको दोश्रो पिपरा गोल्डकप २०७४ आज बिहीबार देखि शुरु हुने भएको छ ।

करैयामाई गाउँपालिकाको वडा नं. ७ पिपरा बारामा हुन लागेको प्रथम चरनको खेल नेपाल खेलकुद क्लब चन्द्रपुर रौटहट र युवा स्पोर्टस क्लव विरगंज पर्साबिच दिउँसो १ बजे हुने क्लवका अध्यक्ष बृजमोहन चौधरीले जानकारी दिए ।

दोश्रो पिपरा गोल्डकप २०७४ माघ ११ गते देखि शुरु भई २० गते समापन हुनेछ । खेलमा गतवर्षको बिजेता एपिएफ क्लब शस्त्र प्रहरी , उपबिजिेता बारा ११ लगाएत भरतपुर फुटबल क्लब चितवन, बिजययुथ क्लब हेटौँडा ,युनाईटेड क्लब बिरगंज, हिमकस्तुरी क्लब लाहान,चन्द्रपुर ११ रौतहट , आर्मी क्लब नेपाली सेना,महोत्तरी ११ बर्दिबास, र आयोजक सृजनशील युवा क्लब बारा लगायतका क्लबहरु सहभागी छन् ।

खेल अन्तर्गत १९ गते रेष्टका दिन महिला फुटबल टिम गाईघाट र चन्द्रपुरबिच खेल हुनेछ । खेलको प्रमुख अतिथी प्रदेश सभा निर्वाचित तेजुलाल चौधरीले उद्घाटन गर्नेछन् । प्रतियोगितामा प्रथ्म हुने टिमले नगद १ लाख ५० हजार र दोश्रो हुने टिमले नगद रु.७५ हजार प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*