शिवम् सिमेन्ट्सले गर्यो चौघडाका खेलाडीलाई जर्सी सहयोग
मकवानपुर, १७ माघ । मकवानपुरको हटियामा रहेको शिवम सिमेन्ट्स् लिमिटेडले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडामा रहेको चौघडा स्पोर्ट क्लबलाई १६ थान जर्सी सहयोग गरेको छ ।
शिवम् सिमेन्ट्सका प्रशासन ए.जी.एम चिरन्जीबी कुँवरले क्लबका रोहण शाहीलाई बुधबार एक किर्यक्रमकाबिच जर्सी हस्तान्तरण गरेका हुन् । जर्सी हस्तान्तरण कार्यक्रममा बोल्दै एजिएम कुँवरले सामाजिक कार्यमा शिवमले बिगतका दिनमा पनि सरहानीय कार्य गर्दै आएको दाबी गर्दै आगामी दिनमा पनि स्थानीय स्तरमा यस्ता सहयोग गर्ने प्रतिवद्धत्ता जनाए ।
कार्यक्रममा क्लबका शाहीले शिवमको यो सहयोगले खेलाडीको मनोबल बडेको र आगमी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताए ।
