बाग्मती गाउँपालिका गोल्डकपमा पदमपोखरी र रातोमाटे भिड्दै, पहिलो खेलमा हरिहरपुर विजयी

तु खबर संवाददाता
२०७४ माघ २७, शनिबार १६:२१

मकवानपुर, २७ माघ । शुक्रबारदेखि सुरु भएको ‘प्रथम बाग्मती गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिता’ को दोस्रो दिनको पहिलो खेलमा हरिहरपुर खेलकुद विकास समिति सिन्धुली विजयी भएको छ ।

हरिहरपुरले खानीखोला खेलकुद विकास समिति काभ्रेलाई २–१ गोल अन्तरले पराजित गरेको त्यहाँस्थित सूर्य माविका प्रधानाध्यापक प्रमोदकुमार राईले तु खबरलाई जानकारी दिएका छन् पहिलो हाफसम्म १–१ गोलको बराबरीमा खेलिरहेको खेलमा दोस्रो हाफमा हरिहरपुरले थप एक गोल गरेर २–१ गोल अन्तरले विजयी भएको हो ।

त्यस्तै यो समाचार तयार पार्दासम्म पदमपोखरी स्पोर्टस् टीम र न्यू स्टार रातोमाटेबिच खेल भईरहेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार बाग्मति खेलकुद विकास समितिले बकैया खेलकुद विकास समितिलाई हराएको थियो । प्रतियोगितामा बाग्मती खेलकुद विकास समिति, बकैया खेलकुद विकास समिति, खानीखोली खेलकुद विकास समिति,हरिहरपुर खेलकुद विकास समिति, श्रृजनशिल समाज, हेटौँडा एकेडेमी, राई गाउँ युवा क्लब, कमला देवी युवा क्लब, पदमपोखरी स्पोर्ट टिम, न्यू स्टार रातोमाटे र हिमालयन युवा क्लब गरि ११ टिमको सहभागिता रहेको छ ।

बाग्मती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा फागुन ५ गतेसम्म हुने प्रतियोगिताको विजेताले नगद रु. १ लाखसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको उपविजेताले नगद रु.५० हजारसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै गोल कप र उत्कृष्ट खेलाडीलाई नगद ५–५ हजार रुपैयाँ दिइनेछ । प्रतियोगिताको खेल बाग्मती गाउँपालिकाको फापरबारीमा अवस्थित जनता उच्च माविको चौरमा भइरहेको बाग्मती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष अरुण लामा बलले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*