भुटानी शरणार्थी प्रकरण : पक्राउ परेकाविरुद्ध बुधबारसम्ममा मुद्दा दायर गरिने
काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन धन्दामा संलग्न अभियोगमा पक्राउ परेकाविरुद्ध बुधबारसम्ममा अदालतमा मुद्दा दायर गरिने भएको छ ।
प्रहरीले सोमबार बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन सकेर बुधबारसम्ममा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्ने तयारी गरेको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने जानकारी दिए ।
अब प्रहरीले अनुसन्धान गरेर बुझाएको प्रतिवेदनको विश्लेषण, प्रमाणका आधारमा सरकारी वकिलको कार्यालय अघि बढ्ने उनको भनाई छ ।
उनले क–कसलाई के—के मुद्दा लगाउने भन्ने विषयमा सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन अध्ययन गरेर मात्रै अन्तिम निर्णय गर्ने बताए ।
