स्ववियु निर्वाचन : ११४ वटामा अनेरास्ववियू र ६१ वटामा अखिल क्रान्तिकारीको जित
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत आईतबार सम्पन्न स्ववियु निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुगेको छ । निर्वाचन भएका अधिकांश क्याम्पसका मत परिणाम सार्वजनिक भइसकेको छ ।
केहीमा भने हाल मत गणना जारी छ । हालसम्म २५० भन्दा बढी क्याम्पसहरुको मत परिणाम सार्वजनिक भइसकेको छ । त्रिविका ६२ वटा आंगिक क्याम्पसहरूमध्ये १७ क्याम्पसमा निर्वाचन हुन सकेन ।
यस्तै, काठमाडौं उपत्यकाका २२ वटामध्ये ८ वटा आंगिक क्याम्पसमा निर्वाचन हुन सकेको छैन भने उपत्यका बाहिरका ४० वटा आंगिक मध्ये ९ वटामा निर्वाचन रोकिएको छ ।
देशभरबाट प्राप्त विवरण अनुसार अखिल क्रान्तिकारीले हालसम्म ६१ कलेजको स्ववियु निर्वाचनमा जित हात पारेको छ भने नेकपा एमाले निकट अनेरास्ववियूले ११४ वटा क्याम्पसमा जित हाँसिल गरेको छ ।
ती सबै क्याम्पसमा २ वटा प्यानल बनेर प्रतिस्पर्धामा उत्रिएका थिए । नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राप्रपा निकट राप्रविसंले एउटा प्यानल बनाएको थियो भने नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) को अर्को प्यानल रहेको बनाएको थियो ।
