प्रदेश प्रमुखबाट प्रमाणिकरण, आजै राजपत्रमा प्रकाशित

तु खबर संवाददाता
२०७६ पुष २७, आईतवार १८:३४

हेटौंडा, २७ पुस । आइतबार प्रदेशसभामा राजधानी र नामकरणका लागि भएको मत परिणाम सँगै सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम बागमती घोषणा गरे लगत्तै प्रदेश प्रमुखबाट प्रमाणिकरण र राजपत्रमा प्रकाशित गरिएको छ ।

प्रदेशसभाले पेश गरेको राजधानी हेटौंडा र नाम बागमतीमा प्रदेश प्रमुख विष्णु प्रसाईंले प्रमाणिकरण गरेका हुन् ।

प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि प्रदेशसभा सचिवालयले राजपत्रमा सूचना प्रकाशित गरेको छ । राजपत्रमा सूचना प्रकाशित सँगै आजैको मितिबाट स्थायी राजधानी हेटौंडा र नाम बागमती कार्यान्वयनमा ल्याइएको छ ।

संवत् २०७६ साल पुस २७ गते आइतबार प्रदेशसभाले नेपालको संविधान धारा २८८ को उपधारा (२) बमोजिम प्रदेशको राजधानी मकवानपुर जिल्लाको ‘हेटौंडा’ तोक्ने निर्णय गरेको र धारा २९५ को उपधारा (२) बमोजिम प्रदेशको नाम ‘बागमती’ नामकरण गरेकोले सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको प्रदेशसभा सचिवालयले जारी गरेको प्रदेश राजपत्रमा उल्लेख छ ।

यो पनि हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*