प्रदेशको राजधानी र नाम टुंगिएपछि मन्त्रिपरिषद् बैठकले गर्यो ७ निर्णय

तु खबर संवाददाता
२०७६ पुष २७, आईतवार १७:०८
फाइल तस्बिर

हेटौंडा, २७ पुस । प्रदेश नम्बर ३ (बागमती) प्रदेशको मन्त्रिपरिषद्को बैठक आइतबार बसेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले ७ वटा निर्णय गरेको छ ।

बैठकले अन्तर प्रदेश बासिन्दाको सामान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने, आर्थिक बर्ष ०७७/०७८ को लागि संघीय विषेश अनुदान सम्बन्धमा, आर्थिक बर्ष ०७७/०७८ का लागि संघीय समपुरक अनुदान सम्बन्धमा, स्थानीय तहलाई दिईने प्रदेश समपुरक अनुदानको दोस्रो चरणका योजनाहरु स्विकृत गर्ने निर्णय गरेको छ ।

यसैगरी घरेलु तथा साना उद्योग कार्यालय सम्बन्धमा, प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५ लाई संसोधन गर्न बनेको विधेयक स्विकृत सम्बन्धमा र प्रदेश स्वास्थ्य सेवा नियमावली, २०७६ स्विकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

आज आइतबार प्रदेश सभाबाट प्रदेशको नाम बागमती र स्थायी राजधानी हेटौंडा २ तिहाईमतले पारित भएको थियो । स्थायी राजधानी हेटौंडा र नाम बागमती प्रदेशसभाबाट पारित भएपछि दिउँसो मन्त्रिपरिषदको बैठक बसेको थियो ।

यो पनि हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*