एतिहासिक निर्णय गर्दै प्रदेशसभा बैठक स्थगित

तु खबर संवाददाता
२०७६ पुष २७,आईतवार १३:०८

हेटौंडा, २७ पुस । प्रदेश ३ को प्रदेशसभा बैठकले ऐतिहासिक निर्णय गरेको छ । दुई वर्षदेखि अन्यौलमा रहेको स्थायी राजधानी र नामकरण आज आइतबार बसेको प्रदेशसभाको बैठकले टुंगो लगाउँदै बैठक स्थगित भएको छ ।

संवैधानिक व्यवस्था अनुसार प्रदेशको राजधानी र नाम सम्बन्धित प्रदेशसभाले निर्णय गर्ने अधिकार छ । प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र नाम बागमती रहने निर्णय आजको प्रदेशसभामा भएको मतदान प्रक्रियाबाट निर्णय भएको हो ।

राजधानी हेटौंडाको पक्षमा १ सय ५ मत, विपक्षमा ३ मत र प्रदेशको नाम बागमतीको पक्षमा १ सय ८ मत आएको थियो । प्रदेशसभामा राजधानी हेटौंडाको प्रस्तावक मुख्यमन्त्री डोरमणि पौडेल र नाम बागमतीको प्रस्तावक नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ थिए ।

सभामुख सानुकुमार श्रेष्ठले संविधानले दिएको एतिहासिक जिम्मेवारी पूरा भएको बताए । उनले जिम्मेवारी पूरा गर्न सहभागी प्रदेशसभा सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै प्रदेशबासीहरुलाई बधाई दिएका छन् ।

सभामुख श्रेष्ठले अर्को सूचना जारी नभएसम्मलाई बैठक स्थगित गरिएको जानकारी गराए ।

यो पनि हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*