हेटौंडाको सडक विस्तार, अब कसो होला ?
मकवानपुर, २० वैशाख । हेटौंडाको सडक विस्तारका योजना यतिकै थाती छ । आसपासका जिल्लामा समेत सडकको केन्द्रभागबाट दायाबाया २५/२५ मिटर विस्तार गरी सडक फराकिलो पार्ने काम भइरहँदा हेटौंडामा भने यसबारे छिनोफानो हुन सकेको छैन ।
२५/२५ मिटर सडक विस्तारको सम्बन्धमा पहिलेदेखिनै अन्यौल अवस्था थियो । अधिकांश नगरवासीहरु २५/२५ मिटर सडक विस्तार गरी हेटौंडालाई विकास गरिनुपर्ने अडानमा छन् भने केही त्यसो गर्न नहुने पक्षमा छन् । अदालतमा समेत सडक विस्तारको सम्बन्धमा निवेदन परेको छ र यो अदालतमा विचाराधीन अवस्थामा छ ।
हेटौंडाको भविश्य हेर्ने हो भने प्रदेश नं. ३ को राजधानी समेत भएकोले सडक विस्तार प्राथमिकतामा पर्नुपर्ने विषय हो तर प्रदेश सरकारले नै केन्द्र सरकारलाई १६/१६ मिटर मात्र कायम गर्न निर्णय गरेर पत्राचार गरिदिएपछि यो नयाँ विवादको रुपमा छ । राजमार्ग केन्द्र सरकारको अधिकारको विषय भएपनि प्रदेश सरकारले मन्त्रीपरिषद्बाटै १६/१६ मिटर कायम गराउन पत्राचार गर्ने कार्यबाट अन्यौल भएको डिभिजन सडक कार्यालयको भनाइ छ ।
मुख्यमन्त्री डोरमणि पोडेलले हेटौंडामा भएको अधिकांश कार्यक्रममा विकासको विरोधी नभएको दावी गर्दै सडक विस्तारमा कुनै कसर बाँकी नराख्ने तर १६/१६ मिटरमात्रै विस्तार गरिनुपर्ने बताउँदै आएका छन् । यसो गर्दा हेटौंडा सुन्दर पनि हुने र कम क्षति हुने उनको धारणा छ ।
तत्कालिन क्षेत्रीय प्रशासक विनोद केसीले हेटौंडामा २५/२५ सडक विस्तारको कामलाई तिब्रता दिएका थिए । तर, विभिन्न शक्तिकेन्द्रका दबावका कारण उनको सरुवा भएको थियो । हालका मुख्यमन्त्री पौडेल पनि त्यतिबेलाको प्रशासकको कदमको विरुद्ध सडकमा थिए ।
अधिकांशले हेटौंडाका सडक विस्तारको काम छिटै अघि बढोस् भन्ने चाहेका छन् । यसमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सरकारले सडक विस्तारको काम गर्न नसक्ने हो भने आफूलाई जिम्मा दिन आग्रह समेत गरिसकेका छन् ।
यो पनि पढ्नुहोस् –
- हेटौँडाको सडक विस्तार प्रकरण : २५/२५ मिटर कि १६/१६ ?
- १६ मिटर मात्रै फराकिलो पार्ने कुरामा हाम्रो समर्थन : इन्द्र बानियाँ
- प्र.म.ओली, नेता प्रचण्ड र शेरबहादुर देउबा पनि घर भत्काउन नहुने पक्षमा : पौडेल
- १६ मिटर नि भत्काउने थिइनँ, प्रेसर भएर निर्णय गरेको हो : मुख्यमन्त्री पौडेल
- मलाई विकास विरोधी भनेँ, पहिला मेरै घर भत्काउँछु – मुख्यमन्त्री पौडेल
- हेटौंडाको सडक विस्तार : प्रतिपक्षी काँग्रेस र सत्तापक्ष नेकपाको एउटै धारणा
- अन्यौलमा पर्यो हेटौंडाको सडक फराकिलो पार्ने योजना
- ३ महिनामा हेटौँडाको सडक २५ मिटर कायम गर्छु भन्ने मन्त्री स्थापित कता छन् ?
- प्रदेश राजधानीको बाधक बन्न सक्छ हेटौँडाको सडक
- हेटौंडामा सडक विस्तारको विषय त्यसै हरायो
- ‘हेटौंडालाई प्रदेशको राजधानी बनाउने हो भने २५ मिटर सडक विस्तार गर्नुपर्छ’ : राष्ट्रियसभा सदस्य विडारी
- हेटौँडाको सवारी जामले मेयर महत वाक्क
