समाचार
आजबाट अन्तर प्रदेश स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु
हेटौंडा । प्रथम अन्तर प्रदेश स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट सुरु हुँदैछ । प्रतियोगिता बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुन लागेको हो । चितवनको गौतम बुद्ध क्रिकेट रङ्गशालामा हुने सो प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) गर्ने कार्यसूची रहेको प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ । प्रतियोगिताको उद्घाटनमा...
राजेन्द्र महतोको प्रदर्शनमा झडप हुँदा ६ जना घाइते
काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनमा दुई समूहबीच झडप हुँदा कम्तिमा ६ जना घाइते भएका छन् । काठमाडौंमा भएका झडपमा परेर चार जना प्रदर्शनकारी र दुई जना प्रहरी गरी ६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते प्रहरीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ...
इलाम–२ उपनिर्वाचनः सुहाङद्वारा उम्मेदवारी दर्ता
इलाम । नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । इलाम २ मा आगामी वैशाख १५, २०८१ मा हुने उपनिर्वाचनका लागि सुहाङले उम्मेदवारी दर्ता गराएका हुन् । सुहाङ स्व. सुवासचन्द्र नेम्वाङका कान्छा छोरा हुन् । उपनिर्वाचनका लागि इलाम–२ मा सुहाङसहित ७ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
अमेरिकाको न्युयोर्कमा भूकम्पको धक्का
न्युयोर्क । अमेरिकाको न्युयोर्कमा शुक्रबार भूकम्पको धक्का महसुस गरिएको छ । स्थानीय समय अनुसार शुक्रबार बिहान १०ः२३ बजे ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएकोे अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले जनाएको छ । न्युजर्सीको ह्वाइटहाउस स्टेशन नजिकैको क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का न्युयोर्क, न्युजर्सी र कनेक्टिकटसम्म अनुभव...
हेटौंडाबाट लागूऔषधसहित दुई महिला पक्राउ
मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट प्रहरीले अवैध लागऔषध गाँजासहित दुई महिलालाई पक्राउ गरेको छ । शुक्रबार करिब १२ किलो ९ सय ग्राम गाँजासहित दुई जना महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा बकैया गाउँपालिका–४ बस्ने ३२ वर्षीया चमेली माया...
इलाम–२ उपनिर्वाचन: माओवादीले एमालेका उम्मेदवारलाई सघाउने
काठमाडौं । इलाम–२ मा हुने उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले एमालेका उम्मेदवारलाई सघाउने भएको छ । आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा माओवादी केन्द्रले एमालेका सुहाङ नेम्वाङलाई सघाउने औपचारिक निर्णय गरेको हो । माओवादीका जिल्ला संयोजक विजय खम्बु र एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतले संयुक्तरुपमा विज्ञप्ति जारी...
लाङटाङ भ्रमणको क्रममा बेलायती नागरिकको मृत्यु
रसुवा । रसुवाको लाङटाङ क्षेत्रको भ्रमण गर्ने क्रममा शनिबार एक पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायती नागरिक ६७ वर्षीय कार्टर माइकल पाउल रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । प्रहरीका अनुसार, मृतक पाउल आफ्ना दुई छोरा र पथ प्रदर्शकको साथमा स्याफ्रुबेँसीतर्फ जाँदै थिए । सो क्रममा...
नेशनल लाइफ हेटौंडाद्वारा आचार्य परिवारलाई मृत्युदाबी भुक्तानी
मकवानपुर । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको हेटौंडा शाखाले बारा निवासी सुजल आचार्यको परिवारलाई मृत्युदाबी भुक्तानी गरेको छ । कम्पनीले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै मृतक सुजलकी आमा इश्वरीलाई ६ लाख ५४ हजार दुई सय ३५ रुपैयाँको चेक हस्तान्तरण गरेको हो । उक्त चेक नेशनल कम्पनी हेटौंडाका शाखा प्रमुख नारायण...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी पहाडी...
आज हेटौंडासहित यी स्थानमा विद्युत अवरुद्ध हुने
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकासहित विभिन्न स्थानमा आज विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले एक सुचना सार्वजनिक गर्दै सो बारे जानकारी गराएको हो । प्राधिकरणले जारी गरेको सूचना अनुसार, आज हेटौंडा, मकवानपुरगढी गाउँपालिका, भीमफेदी गाउँपालिका, कैलाश गाउँपालिका र मनहरी गाउँपालिकाका विभिन्न स्थानमा विद्युत्...









