इलाम–२ उपनिर्वाचनः सुहाङद्वारा उम्मेदवारी दर्ता
इलाम । नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् ।
इलाम २ मा आगामी वैशाख १५, २०८१ मा हुने उपनिर्वाचनका लागि सुहाङले उम्मेदवारी दर्ता गराएका हुन् ।
सुहाङ स्व. सुवासचन्द्र नेम्वाङका कान्छा छोरा हुन् ।
उपनिर्वाचनका लागि इलाम–२ मा सुहाङसहित ७ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
