राजेन्द्र महतोको प्रदर्शनमा झडप हुँदा ६ जना घाइते

तु खबर संवाददाता
२०८० चैत्र २४, शनिबार १६:२९

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनमा दुई समूहबीच झडप हुँदा कम्तिमा ६ जना घाइते भएका छन् ।

काठमाडौंमा भएका झडपमा परेर चार जना प्रदर्शनकारी र दुई जना प्रहरी गरी ६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते प्रहरीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । उनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रहरीले चार जना प्रदर्शनकारीलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

खुलामञ्च जाने भनिएको र्याली भद्रकालीबाट निषेधित क्षेत्र रहेको सिंहदरबारतिर जान खोजेपछि प्रहरीले उनीहरूमाथि लाठीचार्ज गरेको थियो ।

झडपका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढासमेत गरेका थिए ।