समाचार
उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै
काठमाडौं । आसन्न उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । आगामी वैशाख १५ गते इलाम–२ र बझाङ (प्रदेश १) मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता हुने भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार, आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिनेछ ।...
भोलि हेटौंडासहित मकवानपुरको यी स्थानमा विद्युत अवरुद्ध हुने
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकासहित विभिन्न स्थानमा भोलि चैत्र २४ गते विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले एक सुचना सार्वजनिक गर्दै सो बारे जानकारी गराएको हो । प्राधिकरणले जारी गरेको सूचना अनुसार, भोलि हेटौंडा, मकवानपुरगढी गाउँपालिका, भीमफेदी गाउँपालिका, कैलाश गाउँपालिका र मनहरी गाउँपालिकाका...
मकवानपुरको बकैयामा निःशुल्क स्वास्थ्य शिविर सुरु
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा दुई दिने बृहत् स्वास्थ्य शिविर आजबाट सुरु भएको छ । उक्त शिविर वीपी चिन्तन प्रतिष्ठान केन्द्रीय कार्यालय काठमाडौंले आयोजना गरेको हो । बकैया गाउँपालिका वडा नम्बर ४ गरगरेमा आयोजित निःशुल्क स्वास्थ्य शिविर नेपाल परिवार नियोजन संघ मकवानपुर शाखा र हेटौंडा–२ स्थित निको अस्पताल प्रालिको...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
खोटाङ । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले खोटाङबाट एक पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ नाली बस्ने ३५ वर्षीय प्रकास परियारलाई बिहीबार दिउँसो पक्राउ गरेको जनाएको छ । उनलाई प्रहरी चौकी दिप्रुङ चुईचुम्माबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, परियारले ती...
नेविसंघले १२ औँ महाधिवेशन २०८१ पुसभित्र गर्ने
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो १२ औँ महाधिवेशन २०८१ पुस मसान्तभित्र सम्पन्न गर्ने भएको छ । नेविसंघको केन्द्रीय समितिको बैठकले १२ औँ महाधिवेशन उक्त मिति भित्रै गर्ने निर्णय गरेको हो । महाधिवेशनको मिति र कार्यतालिका भने भातृ पार्टी कांग्रेससँग आवश्यक समन्वय गरी...
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
बैतडी । बैतडीमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको सुर्नयाबाट खोड्पे जाँदै गरेको से २ त ३६७८ नम्बरको ट्याक्टर पाटन नगरपालिका–८ झौलेक मोडमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा परेर मृत्यु हुनेहरुमा ट्याक्टर चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीका ३० वर्षीय...
सुनसरीमा दुई समूहबीच झडप, ३१ राउण्ड हवाई फायर
विराटनगर । सुनसरीको भुटाहामा दुई समूहबीच झडप भएको छ । उक्त झडप नियन्त्रण गर्न प्रहरीले ३१ राउन्ड हवाई फायर गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । झडपमा परेर स्थानीय चार जना घाइते भएका छन् । घाइते तीन जनाको विराटनगरमा र एक जनाको इनरुवा अस्पतालमा उपचार भइरहेको जनाइएको छ...
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा महरा नियुक्त
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार माओवादी संसदीय दलका नेता महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) अनुसार महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । महराले बुहुमत (४४) सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका...
अवैध लागूऔषधसहित ८ जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको विभिन्न स्थानबाट ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ, सुर्खेत, कास्की र पाँचथर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम २३ मिलिग्रामसहित बिहीबार दिउँसो एक जनालाई पक्राउ गरेको...
उपनिर्वाचनका लागि मतदान स्थल तोक्यो
काठमाडौं । निर्वाचन आयोगले आसन्न उपनिर्वाचनको लागि मतदान स्थल तोकेको छ । आयोगले इलाम–२ को प्रतिनिधि सभा र बझाङ–१ को प्रदेश सभामा आगामी वैशाख १५, २०८१ मा हुने उपनिर्वाचनका लागि मतदान स्थल तोकेको हो । आयोगले अनुसार, देशभर १० हजार ८९२ मतदान स्थल तोकेको हो । निर्वाचन आयोगको बिहीबार...









